सेन्सरको भत्ता कोपिलालाई

करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी कलाकार कोपिला थापाको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि चलचित्र जाँचपास समितिका सदस्य तथा फिल्म निर्देशक सन्तोष बाबु लोहनीले सहयोग गरेका छन्। चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको रोहवरमा सन्तोष लोहनीले पछिल्लो असार महिनामा नौ वटा नेपाली फिल्मको सेन्सर (जाँचपास) गरेबापत प्राप्त गरेको सम्पूर्ण भत्ता सहयोगस्वरूप कोपिलालाई हस्तान्तरण गरेका हुन्।

बिज्ञापन

उनले हरेक महिना नेपाली फिल्मको सेन्सरबाट प्राप्त हुने आफ्नो भत्ता आर्थिक तथा अन्य समस्यामा परेका फिल्मकर्मीलाई सहयोग गर्ने योजना अनुरूप कोपिला थापाबाट यो अभियान सुरु गरेको कुरा बताए । कलाकार थापा हाल एन्जल हेल्थ केएर सेन्टर हात्तिगौडामा उपचार गराईरहेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संकटमा मानवीयताको हात : बिराटनगर महानगरपालिकाद्धारा १ करोड १ हजार राहत

मन्त्रिपरिषद्‌मा पुग्यो संघीय निजामती विद्येयक, ३०–५५ को प्रावधान यथावत

गृहले खटायो नयाँ विभागमा महानिर्देशक,१३ दरबन्दी स्वीकृत

नेपालको योगदान र जलवायु भार

“निजामती सेवाबाट नागरिक सेवातर्फ: वेबरियन ढाँचाको असान्दर्भिकता र नयाँ सोच”

आज राष्ट्रिय शोक

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

बिशेष