एक्सट्रिम इनर्जीमाथि वाणिज्य विभागको एक्सन : खाद्य प्रविधिमा हुँदैछ परीक्षण

 सत्ता र शक्तिमा जो पुगे पनि के लाग्छ र ? व्यापारी र विचौलियाहरु यति बलशाली छन कि तिनले कर्मचारी र प्रशासनलाई प्रभावमा पारेर अखाद्य बस्तु बजारमा विक्री वितरण गरिरहेका छन् । अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मतिना वैद्य छिन् । उनी सो विभागको रैथाने डिजी हुन । काँग्रेस,एमाले,माओवादीको सत्तामा तर मारेर सोही विभाग हाक्न सफल उनी रास्वपाको सरकार हुँदा समेत सोही विभागको डिजी छिन् । यस्तै उपभोक्ता हित तथा संरक्षण विभागको महानिर्देशक छन्,मोतिराम सापकोटा । यस्का अलवा बजारमा दर्जनौं उपभोक्तावादी संघ संस्थाहरु छन् । ती कसैको आँखा परेको छैन बजारमा खुलेआम विक्री वितरण भइरहेको एक अखाद्य पेय पर्दाथमा ।

बिज्ञापन

पछिल्लो दिनमा एक्सट्रिम इनर्जी ड्रिग्सका नाममा एउटा मन्द बिषयको व्यापार फष्टाइरहेको छ । विगतमा रेडबुलकै शैलीमा अहिले एग्रो थाई फूड्स प्रा. लि. को ट्रेडमार्क मा उत्पादन गरिएको हानीकारक पेय पर्दाथ खुलेआम विक्री वितरण भइरहँदा समेत सरकारी निकाय मौन छन् । खाद्य विशेषज्ञहरुका अनुसार, एक्सट्रिम इनर्जी ड्रिग्समा टोरिन र क्याफिन मिसाएर तयार पारिएको हो । यी बस्तु पिउँदा शरीरमा नकारात्मक असर पर्न सक्छ । जसको सेवनबाट मुटुको धड्कन बढ्ने, रक्तचाप प्रभावित हुने, निद्रा नलाग्ने, चिन्ता बढ्ने, पेट दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिन सक्ने भन्दै खाद्य तथा पोषणविद्हरुले सचेत रहन र यस्ता पेय पर्दाथ प्रयोग नगर्न भनेका छन् । क्याफिनको बढी प्रयोगले मानिसको दिमाग बोधो र भुत्ते हुने समस्या देखापर्ने हुँदा क्याफिन बढि प्रयोग नगर्न चिकित्सकहरुले सुझाउँछन् । क्याफिनको प्रयोगले एकाग्रता बढ्छ, थकान घट्छ र छोटो समयका लागि ऊर्जा महसुस हुने भए पनि शरीरमा यसको नकारात्मक प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् । इनर्जी ड्रिग्स बच्चाहरुका लागि निषेध गरिएको छ । यस्का अलवा मधुमेह भएका व्यक्तिहरू, बालबालिकाहरू, गर्भवती वा स्तनपान गराउने महिलाहरू र क्याफिनप्रति संवेदनशील व्यक्तिहरुका लागि यो हानीकारक छ । यस्तै यस्को नियमित प्रयोगले गर्दा पेट दुख्ने, झाडापखाला लाग्ने, वाकवाकी आउने र अत्यधिक तिर्खा लाग्ने, दाँत बिग्रने, छालासम्बन्धी समस्या देखा पर्ने र अधिक चिनीका कारण डिप्रेसन पनि बढ्न सक्छ । बच्चा, किशोर किशोरीका साथै मोटोपन वा डायबिटिज भएका व्यक्तिका लागि यो अझ जोखिमपूर्ण हुन सक्ने विज्ञहरुले औल्याएका छन् ।

बिज्ञापन

अहिले बजारमा उपलव्ध एक्सट्रिम इनर्जी ड्रिंक्स एग्रो थाई फूड्स प्रा. लि., पाटन औद्योगिक क्षेत्र, ललितपुरबाट निर्मित भएको हो । एग्रो थाई फूड्सको कम्पनी दर्ता नम्बर २३१०१२/०७६/०७७ रहेको छ । साथै यसले, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाट ०१–२५–७७–१७–००५ इजाजतपत्र लिएको उल्लेख गरिएको छ । के कुनै पनि कम्पनी सरकारी निकायमा विधिवत दर्ता छ भन्दैमा उसलाई गैरकानुनी काम गर्न छुट छ त ?

बिज्ञापन

कम्पनीको सञ्चालक समेत पारदर्शी छैन । एक चिकित्सकले चिन्ता पोख्दै भने,यस्तो विष बजारमा छरपष्ट विक्री वितरण हुँदा समेत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग के हेरिरहेको छ ? उपभोक्तावादीहरु कुन दुलो मुनी छन् ? त्यही उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो,जो दशै तिहार वा चाडपर्व लागे पछि अनुगमनका नाममा स–साना व्यवसायीहरुको सटरमा ताला ठकेर बस्छ तर जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेका यस्ता पेय पर्दाथ तथा उपभोग्य बस्तुमाथि सधैँ आँखा चिम्लिएरै बसेको विभागहरुलाई बल्ल तातो लागेको छ ।

यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘एक्सट्रिम र म्याक्स टाइगर’ दुवै इनर्जी ड्रिङ्क्सलाई परीक्षणका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागमा पठाएको जनाएको छ । दुई साता अघि नै परीक्षणका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागमा पठाइएको भए पनि अहिलेसम्म रिर्पोट नआएको विभागले जनाएको छ । यता,खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरुले भने नेपाल सरकारसँग इनर्जी ड्रिंक्सको आफ्नै गुणस्तर मापदण्ड नभएको स्वीकार जनाउँदै अन्तर्राष्ट्रिय मापदण्ड र उद्योगको फूड लाइसेन्सका आधारमा मात्र बजार अनुमति दिएको र विभागले परीक्षणको काम गरिरहेको जनाएको छ ।

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एक्सट्रिम इनर्जीमाथि वाणिज्य विभागको एक्सन : खाद्य प्रविधिमा हुँदैछ परीक्षण

भूमिसुधारका दुई कर्मचारी निलम्बित

कार्यकारी निर्देशक नियुक्ति गर्दा सचिवलाई पर्यो प्रेसर: एक नम्बरका उम्मेदवारलाई पछि पार्दै विवादित डा. जितेन्द्र परियार नियुक्त

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव बल्ल निलम्बित

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

मुख्य सचिवको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय विवादमा

बिशेष