“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नव निर्वाचित सांसदहरुले अन्तरिम सरकारले दीर्घकालीन प्रभाव पार्ने ठूला नीतिगत निर्णयसँगै नियुक्ति तथा बढुवाका निर्णय नगर्न आग्रह गरेपछि तत्कालका लागि केही महत्वपूर्ण नियुक्तिको निर्णय रोकिएको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल सकाएर आइतबार नेपाल राष्ट्र बैंकबाट बिदा भइसकेका छन् । ती स्थानमा नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणी (कार्यकारी निर्देशक–ईडी) स्तरका अधिकृतहरूमध्येबाट नियुक्त गरिने व्यवस्था छ ।

बिज्ञापन

भावी अर्थमन्त्रीका रुपमा हेरिएका रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले मुख्य सचिव समुन अर्याल लगायतका केही सचिवहरुलाई फोनै गरेर महत्वपूर्ण निर्णय नगर्न दवाव दिएका हुन ।  स्रोतका अनुसार उनले “नयाँ सरकार गठन नहुँदासम्म भइरहेका तथा प्रक्रियामा रहेका निर्णयहरू यथास्थितिमा राख्नू” भन्दै दबाबमूलक सन्देश दिएका थिए।

यस विषयमा मुख्य सचिवले प्रधानमन्त्री सुशीला कार्की लाई जानकारी गराइसकेको बताइएको छ। त्यही कारण पछिल्ला दिनमा मन्त्रिपरिषद् बैठकसमेत बस्न नसकेको र यस अवस्थाप्रति प्रधानमन्त्री कार्कीसमेत असन्तुष्ट रहेको बुझिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

मालपोत कार्यालय लगनखेलका तीन नासु ३ लाख घुससहित पक्राउ

लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी ३ लाख घुससहित पक्राउ

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

बिशेष