“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

काठमाडौं । सत्ता समीकरणको अन्तिम नतिजा सार्वजनिक हुनुअघि नै स्वर्णिम वाग्ले ले मन्त्रालयका सचिवहरूलाई फोन गरेर कुनै पनि महत्त्वपूर्ण निर्णय नगर्न आग्रह गरेको दाबी सिंहदरबार स्रोतले गरेको छ।

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति वाग्लेले निर्वाचन परिणाम आउने क्रममा रहेको र आफ्नो पार्टीको सरकार बन्ने सम्भावना बलियो भएकाले दीर्घकालीन प्रभाव पर्ने निर्णयहरू अहिले नगर्न मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूलाई टेलिफोन गरेको स्रोतको भनाइ छ।

बिज्ञापन

स्रोतका अनुसार उनले “नयाँ सरकार गठन नहुँदासम्म भइरहेका तथा प्रक्रियामा रहेका निर्णयहरू यथास्थितिमा राख्नू” भन्दै दबाबमूलक सन्देश दिएका थिए।

यस विषयमा मुख्य सचिवले प्रधानमन्त्री सुशीला कार्की लाई जानकारी गराइसकेको बताइएको छ। स्रोतका अनुसार सरकारमाथि यसरी दबाब सिर्जना गर्नु उपयुक्त नभएको प्रतिक्रिया पनि प्रधानमन्त्रीसमक्ष राखिएको छ।

बिज्ञापन

यसअघि नख्खु कारागारबाट छुटेपछि प्रधानमन्त्री कार्कीलाई भेट्दा रास्वपा सभापति रवि लामिछाने ले भने “सरकारले आफ्नो कार्यकालको अन्तिम दिनसम्म पनि पूर्ण अधिकारका साथ काम गर्नुपर्छ” भन्ने धारणा राखेका थिए। तर त्यही पार्टीका उपसभापति वाग्लेले भने वर्तमान सरकारलाई निर्णय नगर्न दबाब दिन थालेको स्रोतको दाबी छ।

सिंहदरबार स्रोतका अनुसार, “निर्वाचन गराउने जिम्मेवारी बोकेको यो सरकार मूलतः नागरिक सरकार हो, यसले अहिले दीर्घकालीन असर पर्ने निर्णय गर्ने सम्भावना कमै थियो। तर सरकारमा जानुअघि नै दबाब दिन खोजिएको शैलीले सरकारको मनोबलमा असर परेको देखिन्छ।”

त्यही कारण पछिल्ला दिनमा मन्त्रिपरिषद् बैठकसमेत बस्न नसकेको र यस अवस्थाप्रति प्रधानमन्त्री कार्कीसमेत असन्तुष्ट रहेको बुझिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

पेरूको राजनीतिक अस्थिरता र फुजिमोरीको निरंकुशता

अमरेश सिंहको गगन थापालाई खुल्लापत्र: चुनावका तीता कुरा बिर्सेर देश निर्माणमा लागौँ

बिशेष