भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित सात जनालाई सफाई

विशेष अदालतले भ्रष्टाचार मुद्धामा पालिकाका तत्कालीन अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतसहित सात जनालाई सफाई दिएको छ ।

बिज्ञापन

अख्तियारले राजस्व चुहावट गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका तत्कालिन अध्यक्ष सलाम सिं लामा,तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, ए एण्ड डिबि कन्ष्ट्रक्सन प्रालिका संचालक अनिश बल र आधिकारिक प्रतिनिधि बिज कुमार दोङ, दुवाकोट कन्स्ट्रक्सन प्रालि, भक्तपुरका संचालक राम चन्द्रप्रसाद प्रधानाङ्ग, सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक वेद नारायण दंगाल, सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा लि र दुवाकोट कन्स्ट्रक्सन प्रा लिका आधिकारिक प्रतिनिधि सत्यमान लामा उपर कानुनबामोजिम सजायको मागदाबी गर्दै ३ पुस २०७९ मा मुद्दा दायर गरेकोमा विशेषले उनीहरुलाई सफाइ दिएको हो ।

बिज्ञापन

लामाले कर्मचारी र व्यवसायीहरूसँग मिलेमतो गरेर नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजस्व चुहावट गरेको भन्ने अख्तियारको उजुरी थियो । अख्तियारले विभिन्न बगरको नदीजन्य पदार्थ उत्खननको ठेक्कामा २ करोड ५७ लाख अनियमितता भएको भन्दै मुद्दा दायर गरेकोमा गाउँपालिका पूर्वअध्यक्षसहित सात जनाले सफाइ पाएका छन्। बिशेष अदालतले उनीहरुलाई बिहीबार सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमको सञ्चालक समितिमा अझैं ट्रेड युनियनकर्मीको प्रतिनिधित्व

३६ औँ वरीयताका सचिव गोविन्दबहादुर कार्की बने मुख्यसचिव, सिंहदरबारमा खैलाबैला

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

औषधि आपूर्ति नै नभई सिस्टममा इन्ट्री, म्याद गुज्रेका औषधि लुकाएर करिब ३ करोड भ्रष्टाचार : निजामती अस्पतालका ८ कर्मचारीविरुद्ध मुद्दा

प्राधिकरणको विकास आयुक्तमा शाक्य

मुख्य सचिवमा गोविन्द कार्की नियुक्त

टिकापुर अस्पतालका दुई कर्मचारीबीच कुटाकुट

म्यादभित्र सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, नबुझाए १० हजार रुपैयाँ जरिवाना

बिशेष