मन्त्रीविहीन विभागमा मनपरी सरुवा, सतर्कता र हेलो सरकारमा उजुरी

वन तथा वातावरण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहल अहिले घुस र मनोमानीको अखडा बनेको आरोप लागेको छ। मन्त्री नहुँदाको फाइदा उठाउँदै विभागका उपमहानिर्देशक वेदकुमार ढकालले व्यक्तिगत स्वार्थ र आर्थिक चलखेलका आधारमा जथाभावी कर्मचारी सरुवा गरेको खुलासा भएको छ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकार र राष्ट्रिय सतर्कता केन्द्रमा दर्ता गरिएको उजुरीमा भनिएको छ,“घुसिया वेदकुमार ढकालले विभागीय मन्त्री नहुँदा मौका छोपी दुरदराजका कर्मचारीसँग आर्थिक लेनदेन गरी महानिर्देशकलाई प्रभावमा पारेर सरुवा गरेको छ।”

बिज्ञापन

उक्त उजुरीमा ढकालमाथि घुस असुली, व्यक्तिगत रिसइबी र पूर्वाग्राही निर्णयमार्फत कर्मचारीको सरुवा गरेको गम्भीर आरोप लगाइएको छ। पीडित कर्मचारीहरूले भनेका छन्,“समयमै यस्ता घुसिया र मनोमानी गर्ने कर्मचारीलाई कारबाही नगरे हामी युवा वर्ग सडकमा उत्रनेछौं”

मुख्य सचिवको निर्देशनअनुसार वन तथा वातावरण मन्त्रालयले अहिलेसम्म कुनै पनि उपसचिवस्तरका कर्मचारी सरुवा नगरेको तर निकुञ्ज विभागमा भने ढकालले अवैध चलखेलमार्फत अवधि नपुगेका कर्मचारीसम्मलाई सरुवा गरेको उजुरीमा उल्लेख छ।

बिज्ञापन

मन्त्रालय नेतृत्व शून्य रहेको बेला ढकालले महानिर्देशकलाई नियन्त्रणमा राख्दै विभागलाई निजी दफ्तरझैँ प्रयोग गरेको आरोप पनि लगाइएको छ।

सरुवाको नाममा घुस असुली र सेटिङको खेल चलिरहेको भन्दै कर्मचारीहरूले तत्काल छानबिन गरी कानूनी कारबाहीको माग गरेका छन्।

स्रोतका अनुसार विभागभित्र ढकालको समूहले सरुवाको दर तोक्ने, रकम असुल्ने र मनपरी निर्णय गर्ने जस्ता गतिविधि सञ्चालन गर्दै आएको पनि उजुरीमा उल्लेख छ।

यस्तो अवस्थामा प्रधानमन्त्री र सतर्कता केन्द्रले मौन बस्ने हो भने यो केस “मन्त्रीविहीन विभागमा बढ्दो प्रशासनिक माफियागिरी” को प्रमाण बन्ने निश्चित छ।

मन्त्री नभएको मौका छोपेर सयौं कर्मचारीको गुपचुप सरुवा,अत्याचार भयो भन्दै प्रम कार्यालयमा पुग्यो उजुरी

यी हुन् एउटै अड्डामा राज गर्ने निकुञ्जका `डन´ कर्मचारीहरू

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

रातो पासपोर्ट फिर्ता गरे अर्थमन्त्री रामेश्वर खनालले

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

बिशेष