मन्त्री नभएको मौका छोपेर सयौं कर्मचारीको गुपचुप सरुवा,अत्याचार भयो भन्दै प्रम कार्यालयमा पुग्यो उजुरी

एकातिर वन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ,अर्काेतिर वन विभागका महानिर्देशक भर्खरै आएका ।  यही फाइदा उठाउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सरुवाको नाममा ‘वार्गेनिङ’धन्दा चलिरहेको पीडित कर्मचारीहरुले कर्मचारी प्रेससँग गुनासो पोखेका छन् ।

बिज्ञापन

जेन्जी आन्दोलनको हप्ता दिनअघि मात्रै तत्कालीन मन्त्री ऐनबहादुर शाहीले तत्कालीन महानिर्देशक रामचन्द्र कडेललाई हटाई डा. बुद्धिसागर पौडेललाई विभागको महानिर्देशक बनाएका थिए । मन्त्री पद रिक्त भएपछि विभागभित्र कर्मचारी सरुवाको नाममा आन्तरिक चलखेल सुरु भएको कर्मचारीहरुले गुनासो गरेका हुन ।

बिज्ञापन

मुख्य सचिव एक नारायण अर्यालले हालको असामान्य परिस्थितिमा कुनै पनि कर्मचारीको सरुवा नगर्न निर्देशन दिएका भए पनि सो निर्देशनको अवज्ञा गर्दै पनि विभागले दशैंअघि सय जनाभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।विभाग स्रोतका अनुसार गत फूलपातीको अघिल्लो दिन एकै लटमा एक सयभन्दा बढी कर्मचारीहरुको सरुवा गरिएको छ,गुपचुप ।

विभागीय मन्त्री नहुँदा मन्त्रालयले नै कर्मचारीहरुको सरुवा गर्न नसकेको अवस्थामा विभागले भने एक कदम अगाडि सरेर एकै लटमा संरक्षण अधिकृत,रेञ्जर,सिनियर गेम स्काउट र गेम स्काउट गरी सयौंका संख्यामा कर्मचारीहरुको गुपचुप सरुवा गरिएको विभागले जनाएको छ ।

बिज्ञापन

सो सरुवामा विभागका उपमहानिर्देशक वेदकुमार ढकाल हावी भएको कर्मचारीहरुको टिप्पणी छ ।  उनले आफू निकटका कर्मचारीलाई नजिक राख्ने र मन नपर्नेहरूलाई पटक–पटक सरुवा गरी दबाबमा पार्ने गरेको विभागीय स्रोतको दाबी छ ।

मन्त्री नहुँदा मन्त्रालयले अवधि पूरा गरेका कार्यालय प्रमुखहरूको सरुवा समेत गर्न नसक्दा विभाग भने आफ्नै ढर्रामा चलिरहेको छ । राजनीतिक गुटबन्दी पनि त्यसैमा मिसिएको देखिन्छ — महानिर्देशक डा. पौडेल काँग्रेस निकट कर्मचारी समूहको पक्षमा देखिन्छन् भने उपमहानिर्देशक ढकाल एमाले निकट गुट सशक्त बनाउन जुटेका छन् । यही गुटबन्दीका कारण १२ गतेको सरुवाको सूची तयार भए पनि सार्वजनिक हुन नसकेको विभाग स्रोतले जनाएको छ । यसरी सरुवामा अन्याय र अत्याचार भएको भन्दै निकुञ्ज तथा विभाग अन्तरगतका केही कर्मचारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी समेत दर्ता गरिसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष