पहिरो पन्छाउने ‘भगवान्’ एक्साभेटर चालक

नारायणगढ–मुग्लिन सडकमा गएको ठूलो पहिरो पन्छाउन एक्साभेटरको स्टेयरिङ समातिरहेका चालक कमलेश चौधरी अहिले हजारौँ यात्रुका लागि ‘भगवान्’जस्तै देखिएका छन्।

बिज्ञापन

 

बिज्ञापन

चौधरी आफैं भन्छन्, “असाध्यै जोखिम छ, ज्यानको नै आश मारेर काम गरिरहेका छौं। जतिबेला जे सुकै घटना पनि हुन सक्छ। भगवानको नाम लिएर मात्र स्टेयरिङ चलाउने हो। जिम्मेवारीबाट भाग्न पनि त भएन।”

 

बिज्ञापन

परिवारलाई भने उनले आफ्नो वास्तविक जोखिमको कुरा लुकाइरहेका छन्। “घरमा थाहा पाए भने जागिर छाडेर आउनु भन्छन्। तर एकदिन मर्ने जूनी नै हो भन्ने सोचले काम गरिरहेको छु,” चौधरी भन्छन्।

 

चाडपर्वको मुखमा हजारौँ मानिसहरू बाटोमै अलपत्र परेको देख्दा उनलाई अझ बढी दबाब महसुस हुन्छ। “चाँडै बाटो खुलाउन पाए सबैलाई सजिलो हुने थियो भन्ने कुरा दिमागमै घुमिरहन्छ। देश र जनताको लागि मैले यो गर्नु नै पर्छ भन्ने लाग्छ,” उनको भनाइ छ।

 

सडक खोल्ने क्रममा निरन्तर पहिरो खसिरहँदा उनीहरूको मेसिन ‘जनताको आश’ बनेको छ। चौधरी जस्ता चालकहरूको साहसकै कारण अवरुद्ध यात्रुहरू घर फर्कने आशामा बसिरहेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

बिशेष