पहिरो पन्छाउने ‘भगवान्’ एक्साभेटर चालक

नारायणगढ–मुग्लिन सडकमा गएको ठूलो पहिरो पन्छाउन एक्साभेटरको स्टेयरिङ समातिरहेका चालक कमलेश चौधरी अहिले हजारौँ यात्रुका लागि ‘भगवान्’जस्तै देखिएका छन्।

बिज्ञापन

 

बिज्ञापन

चौधरी आफैं भन्छन्, “असाध्यै जोखिम छ, ज्यानको नै आश मारेर काम गरिरहेका छौं। जतिबेला जे सुकै घटना पनि हुन सक्छ। भगवानको नाम लिएर मात्र स्टेयरिङ चलाउने हो। जिम्मेवारीबाट भाग्न पनि त भएन।”

 

बिज्ञापन

परिवारलाई भने उनले आफ्नो वास्तविक जोखिमको कुरा लुकाइरहेका छन्। “घरमा थाहा पाए भने जागिर छाडेर आउनु भन्छन्। तर एकदिन मर्ने जूनी नै हो भन्ने सोचले काम गरिरहेको छु,” चौधरी भन्छन्।

 

चाडपर्वको मुखमा हजारौँ मानिसहरू बाटोमै अलपत्र परेको देख्दा उनलाई अझ बढी दबाब महसुस हुन्छ। “चाँडै बाटो खुलाउन पाए सबैलाई सजिलो हुने थियो भन्ने कुरा दिमागमै घुमिरहन्छ। देश र जनताको लागि मैले यो गर्नु नै पर्छ भन्ने लाग्छ,” उनको भनाइ छ।

 

सडक खोल्ने क्रममा निरन्तर पहिरो खसिरहँदा उनीहरूको मेसिन ‘जनताको आश’ बनेको छ। चौधरी जस्ता चालकहरूको साहसकै कारण अवरुद्ध यात्रुहरू घर फर्कने आशामा बसिरहेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पहिरो पन्छाउने ‘भगवान्’ एक्साभेटर चालक

‘वौद्धिक विचौलिया’ पोस्ने काममा लगाम, क कस्को हुने भयो निदहराम ?

महानिर्देशकको गैरजिम्मेवारीले यात्रुहरूको दशैंको यात्रा कष्टकर : मुग्लिन–नारायणगढ सडकमा दैनिकी ठप्प

काप्री र चटौत सचिवमा बढुवा

अर्थ मन्त्रालयमा राजश्व सचिवको दरबन्दी कटौती भएको हो ?

जनताको फाइल खरानी, डीजी रेग्मीको ध्यान भने कमिसनको धन्दामै

सात बर्ष पछि पूरानै मन्त्रालयमा फर्काइयो तीन विभाग

अष्टमी,नवमी र दशमीमा उत्तरगया गाउँबासीलाई पालिकाको निशुल्क बस सेवा

बिशेष