वैदेशिक रोजगार तालिममा ठगी रोक्न बायोमेट्रिक प्रणाली सञ्चालन

 काठमाडौं । वैदेशिक रोजगारीका श्रमिकलाई दिइने अभिमुखीकरण तालिम अब राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग जोडिएको छ ।

बिज्ञापन

विभागका अनुसार तालिम सञ्चालन गर्ने संस्थाहरूमा जडान गरिएका आईरिस प्रणालीमार्फत अभिलेख सीधै एनआईडीसँग लिंक गरिएको छ । यसपछि तालिम नलिई विदेशतर्फ प्रस्थान गर्ने प्रयास गर्ने श्रमिक तुरुन्तै पत्ता लाग्नेछन् ।

बिज्ञापन

विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका भनाइअनुसार अबदेखि तालिममा भाग लिएका श्रमिकको उपस्थिति फिंगरप्रिन्ट र आइरिस डाटाबाट अनिवार्य प्रमाणीकरण हुनेछ । उनले भने, “अब आइरिस मात्र होइन, फिंगरप्रिन्ट मात्र होइन, पुरै बायोमेट्रिक डाटा नै अनिवार्य हुन्छ । अर्को कसैले गएर तालिम लिन दिने ठाउँ रहेन, त्यस्तो भए सिस्टमले तुरुन्तै देखाउँछ ।”

विभागले २०८१ असोज ११ गते सार्वजनिक सूचना जारी गरी सबै अभिमुखीकरण तालिम प्रदायक संस्थालाई फेस टाइम र आईरिस रिकग्नाइजेशन सिस्टम जडान गर्न निर्देशन दिएको थियो । त्यसपछि व्यवसायीहरूले आईरिस प्रणाली जडान गरे पनि, यसअघि एनआईडीसँग प्रत्यक्ष जोड्न नसक्दा तालिमको सत्यापनमा समस्या थियो ।

बिज्ञापन

एनआईडीसँगको एकीकृत प्रणाली लागू भएपछि तालिमका नाममा हुने ठगी, फर्जी उपस्थितिलगायत अनियमितता नियन्त्रण हुने अपेक्षा विभागले गरेको छ ।

यसरी वैदेशिक रोजगारी सम्बन्धी तालिम अब बायोमेट्रिक प्रमाणीकरणसहित थप व्यवस्थित र सुरक्षित बनेको विभागको दाबी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष