वैदेशिक रोजगार तालिममा ठगी रोक्न बायोमेट्रिक प्रणाली सञ्चालन

 काठमाडौं । वैदेशिक रोजगारीका श्रमिकलाई दिइने अभिमुखीकरण तालिम अब राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग जोडिएको छ ।

बिज्ञापन

विभागका अनुसार तालिम सञ्चालन गर्ने संस्थाहरूमा जडान गरिएका आईरिस प्रणालीमार्फत अभिलेख सीधै एनआईडीसँग लिंक गरिएको छ । यसपछि तालिम नलिई विदेशतर्फ प्रस्थान गर्ने प्रयास गर्ने श्रमिक तुरुन्तै पत्ता लाग्नेछन् ।

बिज्ञापन

विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका भनाइअनुसार अबदेखि तालिममा भाग लिएका श्रमिकको उपस्थिति फिंगरप्रिन्ट र आइरिस डाटाबाट अनिवार्य प्रमाणीकरण हुनेछ । उनले भने, “अब आइरिस मात्र होइन, फिंगरप्रिन्ट मात्र होइन, पुरै बायोमेट्रिक डाटा नै अनिवार्य हुन्छ । अर्को कसैले गएर तालिम लिन दिने ठाउँ रहेन, त्यस्तो भए सिस्टमले तुरुन्तै देखाउँछ ।”

विभागले २०८१ असोज ११ गते सार्वजनिक सूचना जारी गरी सबै अभिमुखीकरण तालिम प्रदायक संस्थालाई फेस टाइम र आईरिस रिकग्नाइजेशन सिस्टम जडान गर्न निर्देशन दिएको थियो । त्यसपछि व्यवसायीहरूले आईरिस प्रणाली जडान गरे पनि, यसअघि एनआईडीसँग प्रत्यक्ष जोड्न नसक्दा तालिमको सत्यापनमा समस्या थियो ।

बिज्ञापन

एनआईडीसँगको एकीकृत प्रणाली लागू भएपछि तालिमका नाममा हुने ठगी, फर्जी उपस्थितिलगायत अनियमितता नियन्त्रण हुने अपेक्षा विभागले गरेको छ ।

यसरी वैदेशिक रोजगारी सम्बन्धी तालिम अब बायोमेट्रिक प्रमाणीकरणसहित थप व्यवस्थित र सुरक्षित बनेको विभागको दाबी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष