रसुवामा आचार्यको सक्रियता : सडकदेखि गोसाइँकुण्डमा टेलिकमसम्म विकासको जोड

प्रतिनिधि सभा सदस्य मोहन आचार्यले रसुवामा सडक, स्वास्थ्य, खानेपानी, राहत वितरणदेखि सञ्चार सेवासम्म विकासका महत्वपूर्ण काम अघि बढाएका छन्। स्थानीय सरकारसँग सहकार्य र संघीय–प्रदेश तहको बजेट समन्वयमार्फत उनले जिल्लावासीलाई प्रत्यक्ष फाइदा हुने योजना कार्यान्वयनमा ल्याएका छन्।

बिज्ञापन

 

बिज्ञापन

सडक विस्तारका क्रममा हाकु, स्यो, नेसिङ, बृदिम लगायतका दुर्गम बस्तीमा पुग्ने सडक निर्माणमा पहल भएको छ। आचार्यले भने, “तिरु गाउँसम्म सडक जोडिएको छ, अब दुर्गम वस्तीलाई पनि सडक सञ्जालमा ल्याउने मेरो प्राथमिकता हो।”

 

बिज्ञापन

कोभिड–१९ को कठिन समयमा उनले आइसोलेसन सेन्टर स्थापना, मास्क, अक्सिजन, मिनी भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री वितरण गरेका थिए। धुन्चे अस्पताल र जिबजिबे ग्रामीण अस्पतालमा उपकरण सहयोग पुर्‍याइएको छ।

 

लकडाउनमा अलपत्र परेका ६ सयभन्दा बढी नागरिकलाई रसुवा पुर्‍याउने व्यवस्था मिलाएको अनुभव सुनाउँदै उनले भने, “जनताको दुःखमा साथ दिनु नै मेरो दायित्व हो।”

 

स्थानीय सरकारसँग मिलेर संसद विकास कोष र प्रदेश बजेटमार्फत पूर्वाधार निर्माण अघि बढाइरहेको उनले स्पष्ट पारे। नौकुण्डमा बृहत् खानेपानी योजना अघि बढाइएको छ भने गोसाइँकुण्डमा नेपाल टेलिकमको 2G सेवा विस्तारका लागि सक्रिय पहल भइरहेको छ।

 

आचार्यले अन्त्यमा भने, “रसुवाको विकासलाई दीर्घकालीन दृष्टिकोणसहित अघि बढाउँछु। स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारमा अझ जोड दिनेछु।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष