देशभर घुसखोरीविरुद्ध आन्दोलन भइरहेका संवेदनशील समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतमा एक लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ।
बिज्ञापन
अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्कीलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको जनाएको छ।
बिज्ञापन
आयोग स्रोतका अनुसार उनले सेवाग्राहीबाट एक लाख घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको र थप विस्तृत विवरण आउन बाकी रहेको जनाएको छ ।
नागरिकले भ्रष्टाचार अन्त्यका लागि आन्दोलन चर्काइरहेका वेला लेखा अधिकृतमाथि परेको यो आरोपले सरकारी कार्यालयहरूको कार्यशैली र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।


























