९९.४३ प्रतिशत कर्मचारीको तलबी प्रतिवेदन समयमै पारित

राष्ट्रिय किताबखानाले चालु आर्थिक वर्षको तलबी प्रतिवेदन विशेष कार्ययोजना–२०८२ लागू गर्दै निर्धारित दुई महिनाभित्रै अधिकांश निकायको प्रतिवेदन पारित गर्न सफल भएको छ।

बिज्ञापन

म्यादभित्र ३२९ निकायमार्फत ११ हजार ६८५ जना निजामती कर्मचारीको विवरण पेश भएकोमा ३२७ निकायका ११ हजार ६१८ जनाको प्रतिवेदन समयमै पारित भएको छ। यो उपलब्धिले ९९.४३ प्रतिशत कार्य सम्पन्न भएको जनाइएको छ। प्रमाण अपुरो रहेकाले २ निकायका ६७ कर्मचारीको प्रतिवेदन भने पारित हुन सकेन। अझै ३४ निकायको विवरण भने किताबखानामा नपुगेको विभागीय अभिलेखमा उल्लेख छ।

बिज्ञापन

निजामती सेवा ऐन, २०४९ को दफा ७(ख) उपदफा २ र ३ अनुसार तलवि प्रतिवेदन पारित नगरी कर्मचारीलाई तलब–भत्ता उपलब्ध गराउन नपाइने र उल्लंघन भएमा भुक्तानी अधिकारीबाटै असुल गर्नुपर्ने व्यवस्था छ। यसअघि सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष शुरु भएको दुई महिनाभित्र प्रतिवेदन अनिवार्य पारित गर्नुपर्ने भनेर परिपत्रसमेत गरेको थियो।

यस वर्ष किताबखानाले चाडपर्व खर्च भुक्तानीलाई व्यवस्थित बनाउन प्रतिवेदनको ढाँचामै परिवर्तन गरेको थियो। कर्मचारीहरूले अग्रिम घोषणा गरेको पर्वमै मात्र सुविधा पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।
महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार नयाँ अभ्यास पनि सफल भएको छ र अब कर्मचारीले जागिर अवधिभर आफूले रोजेको पर्वमै सुविधा पाउनेछन्।

बिज्ञापन

उनका अनुसार म्यादभित्र विवरण नपठाउने निकायहरूको नाम यथाशीघ्र सरोकारवाला निकायमा पठाइने र विभागको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

बिशेष