BAT २६ समूहले नेपाल प्रहरीलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग

लोक सेवा आयोगको सिफारिसबाट २०६८ साल भदौ २८ गते शाखा अधिकृतमा नियुक्त भएका कर्मचारीहरूको साझा समूह BAT २६ ले यस वर्ष आफ्नो स्थापना दिवसलाई भिन्न शैलीमा मनाएको छ।

बिज्ञापन

हरेक वर्ष भदौ २८ गते विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै आएको समूहले यस वर्ष मुलुकमा उत्पन्न असहज वातावरणका कारण औपचारिक कार्यक्रम गर्न सकेन। तर, राष्ट्रकै साझा समस्यामा ऐक्यबद्धता जनाउँदै समूहले एकीकृत रुपमा रकम संकलन गरी नेपाल प्रहरीलाई सहयोग गरेको हो।

बिज्ञापन

संकलित रकम रु. १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ) नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ। समूहका सदस्यहरू अहिले देशका विभिन्न महत्वपूर्ण ओहदामा कार्यरत रहेका छन्।

बिज्ञापन

समूहका सदस्यहरूका अनुसार “राष्ट्रले भोगिरहेको चुनौती र त्यसबाट प्रहरी संगठनले व्यहोर्नुपरेको क्षतिप्रति सहानुभूति प्रकट गर्दै सानो सहयोगसमेत ठूलो मनले गर्ने हाम्रो उद्देश्य हो।”

स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसहित मनाइएको यसपटकको अभियानलाई BAT २६ का सदस्यहरूले “देशप्रतिको कर्तव्यबोधको प्रतिबिम्ब”का रूपमा लिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रभु बैंकमा सिआइबीको सात घण्टा छापा, सीईओ शेरचन भागे

करोडौंको व्यापार छोडेर मान्छे र पशुपन्छीको सेवामा रमाइरहेका दुर्गानाथ

पूर्वमन्त्री आफताव आलमको मृत्यु

कर्मचारी सरुवामा विचौलिया हावी,आर्थिक चलखेलका आधारमा कार्यालय प्रमुख बनाइएको उपसचिवकै दावी

९ उपसचिव र ३९ जना शाखा अधिकृतको सरुवा

अनियमित टेन्डर रोक्दा सचिवको निशानामा परे महानिर्देशक बाराकोटी, दिनुपर्यो राजीनामा

महानिर्देशक बाराकोटीले दिए सरकारी सेवाबाटै राजीनामा

सरुवा भएर हिडेका सहसचिवहरु पूरानै अड्डामा,मीराको नामै गायब !

बिशेष