डलरे अर्वपतिसँग बयान लिने जिम्मा सिआइबी प्रमुखको

नेपालका एक मात्र डलरे अर्वपति विनोद चौधरीलाई समाउने जिम्मेवारी सिआइबीका नयाँ हाकिमको काँधमा सुम्पिएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेका किरण बज्राचार्य लगायतका टोलीलाई नै सरुवा गरेर हालै सिआइबीको नयाँ हाकिमको जिम्मेवारी सम्हाल्न पुगेका छन्,श्याम ज्ञवाली ।

बिज्ञापन

त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको झण्डै ६१ केजी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको सुन तस्करी सम्बन्धमा छानबिन आयोगले दोषी करार गरेसँगै किरण अहिले हेर्डक्वार्टरमा हाजिर भएकी छिन् ।
निगरानीमा परेका छन् ।
उनै ज्ञवालीको काँधमा आइलागेको छ,बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका सांसद समेत रहेका चौधरीसँग बयान लिने जिम्मेवारी ।

बिज्ञापन

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।
आज बिहान मात्र गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा गृहमन्त्री लामिछानेले यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।
मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । यस्का अलवा बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् । सोका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।

सोही निर्देशन बमोजिम सांसद विनोद चौधरीलाई बयान लिनका लागि सीआईबीलाई निर्देशन पाएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको बयान लिने जिम्मेवारी सिआइबीको प्रमुखको काँधमा आइलागेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

बिशेष