मुगुका तीन पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहीलाई सास्ती

मुगु । हिमाली जिल्ला मुगुका एक नगरपालिका र दुई गाउँपालिका प्रमुख प्रकाशकीय अधिकृत विहीन भएका छन् ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिले कार्यरत अधिकृतहरुलाई हटाएर नयाँ अधिकृत खटाउने निर्णय गरेपनि अझै अधिकृत नपठाउँदा सेवाग्राहीहरु मारमा परेका छन् ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा छायाँनाथ रारा नगरपालिका, खत्याड गाउापालिका र सोरु गाउँपालिकामा प्रशासनिक तथा आर्थिक कामहरु गर्न समस्या भएको छ ।

बिज्ञापन

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामका अनुसार पूरानै अधिकृत पशुपति शाहीलाई निरन्तरता दिनका लागि नगर कार्यपालिकाले निर्णय गरी मन्त्रालयमा पत्र पठाएको भएपनि कुनै सुनुवाइ नभएको बताए । ‘हिजोआज अधिकृतका लागि ‘मन्त्रालय धाउँदा–धाउँदा थाकिसक्यौं’ उनले भने ।

मुगुको सोरुगाँउपालिका ,खत्याडगाँउपालिका र छाँयानाथ रारा नगरपालिकाका स्थानिय तहमा प्रमुख प्रशासकीय अधिकृत विहीनले स्थानीय नागरिकहरुका दैनिक प्रशासनिक आर्थिक कामकाज प्रभावित भएको स्थानीय सरोकारवालाहरुको भनाई छ ।सेवाग्राहीहरूले आवश्यक कागजात, सिफारिस, प्रमाणीकरण, राजस्व संकलन, योजना पारित, कर्मचारी व्यवस्थापन, योजना सम्झौता सम्बन्धी कार्य, योजना बिल भुक्तानी, पेश्की फस्र्यौट, नगद तथा जिन्सी कारोबार, अनुगमन जस्ता महत्वपूर्ण कार्य समेत बन्दा हँुदा स्थानीय नागरिकले सास्ती भोग्नुका साथैं आर्थिक बर्ष सकिन करिब चार महिना मात्र बाँकी रहँदा प्रशासकीय अधिकृतको हालसम्म कुनै टुङ्गो नलाग्दा तीनवटै स्थानिय तहका जनताहरू सेवा लिनबाट बन्चित भएका छन् भने भएको विकास बजेट समेत फ्रिज हुने सम्भावना छ ।

बिज्ञापन

मुगुका तीन पालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन गराउने मुख्य भुमिका पालिकाका अध्यक्ष र उपाध्यक्षहरुले आफ्नो अनुकुलताका कर्मचारीहरु ल्याउने भुमिकाले गर्दा स्थानीय मारमा परेको स्थानीय दान बहादुर बुढाको भनाइ छ ।यता खत्याडगाउँ पालिकामा गत माघ ९ गतेदेखि प्रमुखविहीन हुँदा कार्यपालिकाले कनिष्ट पालिकामा कार्यरत सातौँ तहका अधिकृत विजय वलीलाई प्रमुख प्रशासकीयका लागि सर्वसम्मत निर्णय गरेर मन्त्रालयमा पठाए पनि अहिलेसम्म कुनै निर्णय नहुँदा नगर प्रमुख बिहीन भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले माघ ९ गतेको निर्णय अनुसार २३ पालिका र माघ २५ गतेको निर्णय अनुसार १६ स्थानीय तहलाई जुनियर कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएको परिपत्र भए अनुसार मुगुका तीन पालिका प्रमुख प्रशासकिय अधिकृतविही भएका हुन् । तर प्रमुख प्रशासकिय अधिकृत बिहीन स्थानिय तहका जनप्रतिनिधिहरु आन्दोलन गर्ने मनस्थितिमा रहेको सोरु गाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि ५ करोड हिनामिनाको आरोप

स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ

सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?

बिशेष