जेष्ठ कर्मचारीको कासमू रेटेर कनिष्ठलाई कार्यकारी निर्देशकको कुर्सी

पछिल्लो समय कर्मचारीबीच चल्ने चर्चा र टिप्पणी हो,कार्यसम्पादन मूल्यांकन वैज्ञानिक,व्यवहारिक छैन ।

बिज्ञापन

हाकिमसँग टसल परेका कर्मचारीहरुको कासमू रेटिने र हाकिमको चाकडी गर्ने,उनीहरुलाई सुमेरु पर्वत ठानेर परिक्रमा गर्ने कर्मचारीहरु कासमूमा बढी अंक पाउने र तिनै बढूवा हुने गरेको गुनासो पोख्छन्,कर्मचारीहरु ।

बिज्ञापन

हाकिम वा कार्यालय प्रमुख वायाँ हुँदा कर्मचारीको कासमू कसरी रेटिन्छ र उनीहरु पछाडि पर्दछन् भन्ने एउटा उदाहरण हालैमात्र कुपण्डोलस्थित वीमा प्राधिकरणमा देखिएको छ । कर्मचारीहरुले कासमू नम्बर जेष्ठता,शैक्षिक योग्यता,तालिमका आधारमा पाँउदै आएका छन् । यही कासमूमा रेटिँदा अन्य प्रतिष्प्रर्धी कर्मचारीभन्दा तीन बर्ष अगाडि नै  निर्देशक भएका वीमा प्राधिकरणको एक कर्मचारी कार्यकारी निर्देशक हुनबाट बञ्चित भएका छन् । जेष्ठताका हिसाबले उनीभन्दा जुनियर कर्मचारीलाई कार्यकारी निर्देशकमा बढुवा गरिएको छ ।

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिमा रहेका अध्यक्ष शरद ओझा र अर्थका सहसचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहाल,कानुनका सहसचिव मानबहादुर अर्याल र बीमित प्रतिनिधि सन्तोष रिजालको सम्मिलित बैठकले सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।

बिज्ञापन

बीमा प्राधिकरणको कार्यकारी निर्देशकका लागि कमलराज रेग्मी, सुशिल सुवेदी र पुजन ढुंगेल (अधिकारी) बढुवाका लागि प्रतिष्प्रर्धामा थिए । अहिले निर्देशकको कुर्सीमा यी तीन कर्मचारी कार्यरत छन् ।

कार्यकारी निर्देशक छनौट कार्यविधि अनुसार कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारलाई महत्वपूर्ण मानिएको छ । यस्तै शैक्षिक योग्यता र तालिमको नम्बर समेत त्यहाँ जोडिन्छ । सो अनुसार नियमसंगत बढूवा भएको भए जेष्ठताको आधारमा निर्देशक कमलराज रेग्मी नियुक्त हुनुपर्ने थियो तर कारण उनी ९ बर्षभन्दा लामो समयदेखि निर्देशकको भूमिकामा रहँदै आएका छन् तर सुशीलदेव र पुजन ६ बर्ष पनि पुगेको छैन । जेष्ठताका आधारमा रेग्मी नै नियुक्ति हुनुपर्ने भए पनि पत्रकारिता पृष्टभूमिबाट वीमा प्राधिकरणको नेतृत्वमा पुगेका शरद ओझाले आफू अनुसारको टिम निर्माण गर्नका लागि सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका छन् । प्राधिकरण स्रोतका अनुसार,रेग्मीको कासमूमा कैची चलाएर सुशिलदेव सुवेदीलाई माथि तानिएको हो ।

कासमू  विभागीय प्रमुख तथा कार्यसम्पादन मूल्यांकन समितिबाट गरिन्छ । जसका लागि कर्मचारीको जिम्मेवारी, कार्य लागत, प्राप्त नतिजालगायत विषय हेरिन्छ । कुनै पनि कर्मचारीले आफ्नो पदीय जिम्मेवारीअनुसार काम गरे वा नगरेको मापन तथा मूल्यांकन गर्ने विधि हो कार्यसम्पादन मूल्यांकन । यसको अवधारणा कर्मचारीले कुनै पनि काम गर्दा लगाएको समय, कामको परिमाणदेखि प्रभावकारितासम्मको मापन गर्नु हो । त्यसैगरी, कर्मचारीका गल्ती तथा कमीकमजोरीलाईं पनि यसमार्फत औंल्याइन्छ । कर्मचारीको बढुवा, पुरस्कार, दण्ड सजाय, वृत्ति विकास, उच्च शिक्षा अध्ययन छनोटमा यसैलाई आधार मान्ने गरिएको छ ।

सरकारी कर्मचारीहरु नै यो प्रणाली वैज्ञानिक नभएको स्वीकार गर्दछन् । कतिपय स्थितिमा दीर्घरोगी,अल्जाइमरजस्तो गम्भीर रोग लागेका कर्मचारीमात्र होइन भ्रष्टाचार प्रकरणमा अख्तियारले विशेषमा मुद्धा चलाएका कर्मचारीले शत प्रतिशत अंक पाएको देखिन्छ ।

कार्यालय प्रमुख वा हाकिमसँग टसल परेका कर्मचारीहरुको कासमू रेटिने गरेको सुनाउँछन्,कर्मचारीहरु नै । जो काम मात्र गर्दछन चाकडी वा चाप्लुसी जान्दैन उसको कासमू अंक कम हुने तर जो हाकिमको चाकडी गर्दछ,जो कार्यालय प्रमुखको वरिपरी घुमिरहन्छ उसैको कासमूमा शत प्रतिशत अंक आउने गरेको कर्मचारीहरु तीतो पोख्छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष