छोराको क्युआरमा घुस हाल्न लगाउने राइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ्ग राई र उनका छोरा सुनिल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आयोगका अनुसार ०८० ०८१ मा ढाका सिलाई बुनाई तालिम सञ्चालन गर्दा प्रशिक्षकहरूसँग घुस, रिसवत माग गरिएको भेटिएसँगै उनी र उनको छोराविरुद्ध अख्तियारले मुद्धा दायर गरेको हो । आयोगका अनुसार,पालिकाबाट सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन्। उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको भेटिएसँगै अख्तियारले उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार,पदीय जिम्मेवारीको दुरुपयोग गरी अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर भएसँगै उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही दफाको उपदफा (१) र २ बमोजिम ४५ हजार रुपैयाँ बिगो र कैदको माग दाबी गरिएको छ । राई नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

छोराको क्युआरमा घुस हाल्न लगाउने राइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

निजामती नियमावली विपरित सरुवा मापदण्ड : चितवन र बर्दिया दुर्गम,लाङटाङ सुगम

८७ सीडीईहरुको ‘अपारदर्शी ‘सरुवा,सचिव- महानिर्देशकको भूमिकामाथि उठ्यो प्रश्न

भोटेकोशी बाढीको महासंकटमा सडक विभागको नेतृत्व : विपत्तिसँग जुध्दै यातायात सञ्चालनदेखि पुनर्निर्माणको खाका तयार पार्दै महानिर्देशक

प्रधानमन्त्रीको अध्यक्षतामा आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रशासनमा सचिव बढुवा धमाधम, प्राविधिकतर्फ पद रिक्त हुँदा पनि बढुवा ठप्प

बिशेष