बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

सुनसरीको देवानगञ्ज गोली प्रकरणमा त्यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरीका प्रमुखलाई फिर्ता बोलाउने तयारी भइरहेको छ । गृह मन्त्रालय स्रोतका अनुसार देवानगञ्जको गोलीकाण्डमा इलाका प्रहरी कार्यालय देवानगञ्जले स्थिति सामान्य बनाउन आवश्यक प्रयास नगरेको, विवाद झडपमा परिणत भएपछि मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियारसहित पुगेका र त्यसक्रममा अन्धाधुन्ध गोली चलाइएको बिषयमा सुरक्षा र कर्मचारी संयन्त्रलाई तत्काल निलम्बन गरी उच्चस्तरीय छानबिन गरिनुपर्ने आवाज उठिरहेको समयमा प्रहरी प्रमुख एसपी र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

बिज्ञापन

बोलबम यात्राका क्रममा सुनसरीमा भएको हिंसात्मक घटनापछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे र जिल्ला प्रहरी प्रमुख (एसपी)  केशव थेवे एसपी छन् । जेनजी आन्दोलनताका गौशालाको डिएसपी रहेका थेवे बढुवा पछि सुनसरी पुगेका थिए । गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको निष्कर्षसहित दुवै अधिकारीलाई गृह मन्त्रालयमा तान्ने तयारी भइरहेको छ।यस्तै सशस्त्र प्रहरीका प्रमुख श्यामकुमार कार्की छन्,उनी तीन महिना अगाडिमात्र त्यहाँको कमाण्ड सम्हाल्न पुगेका हुन । प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने बिषयमा गृहले निर्णय गरिसकेको भए पनि प्रहरीका प्रमुखहरुलाई फिर्ता गराउने बिषयमा निर्णइ भइनसकेको जनाइएको छ ।

बिज्ञापन

सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिसकेको छ। छानबिनबाट सुरक्षा संयन्त्रको तयारी, भीड नियन्त्रण, बल प्रयोगको औचित्य तथा प्रशासनिक निर्णय प्रक्रियाबारे विस्तृत प्रतिवेदन आउने अपेक्षा गरिएको छ। हाल विवादमा तानिएका सीडीओ बासुदेव घिमिरे ६० साले लेखा अधिकृत हुन । लेखाबाट प्रशासनतिर फड्को हानेका उनी एमाले,काँग्रेस,माओवादी,रास्वपाको सरकारमा सदैव आकर्षक मानिएका जिल्लाको सिडियो चलाइरहने कर्मचारीभित्र पर्दछन् । घिमिरे कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई मनाएर रुपन्देही पुगेका थिए । यस्तै यस अघि कास्कीको प्रमुख जिल्ला अधिकारी चलाइसकेका उनी  अध्यागमन कार्यालयमा समेत नेतृत्व तहमा बसेर काम गरिसकेका कर्मचारी हुन ।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा उत्पन्न विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन्। घटनापछि स्थानीय क्षेत्रमा तनाव बढेपछि अतिरिक्त सुरक्षा परिचालन गरिएको छ।

बिज्ञापन

गृह मन्त्रालयले सुरक्षा संवेदनशीलता मूल्याङ्कन गर्न नसकेको, समयमै प्रभावकारी समन्वय नगरेको तथा घटना नियन्त्रणमा प्रशासन असफल भएको प्रारम्भिक निष्कर्ष निकालेको स्रोतको दाबी छ। यही कारण सीडीओ घिमिरे र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाउने निर्णयको तयारी गरिएको बताइएको छ। छानबिन समितिको प्रतिवेदनपछि थप प्रशासनिक तथा कानुनी कारबाही अघि बढ्ने गृह मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

बिशेष