प्रहरीको फरार,सरकार प्रमुखको प्यार

प्रहरीको ‘फरार’ सूचीमा रहेका व्यक्ति प्रधानमन्त्रीसँग टेबल टकमा ! सचिवालय अर्थात् ‘ग्याङ्ग फाइभ’को गतिविधिका कारण आलोचित बन्दै गएका बालेन साहले ‘खोपी’बाट निस्किएर एकपछि अर्काे सरोकारवालाासँग छलफल गर्न थाल्नुलाई सकरात्मक नै मान्नुपर्छ । २४ असारमा उद्योगी व्यवसायीहरूसँग वार्ता थालेका प्रधानमन्त्री २५ गते निर्माण व्यवसायी महासंघ (एफक्यान) का प्रतिनिधिहरूसँग छलफलमा बसेका थिए ।

बिज्ञापन

त्यसैमा सहभागी भए, सिआइबीको महिना दिनदेखि फरार सूचीमा रहेका पात्र । निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे । वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती उपाध्यक्ष बालकृष्ण थापा तथा सल्लाहकार जयराम लामिछाने पनि टोलीमा थिए । धितोपत्र सम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले पाण्डेलाई समेत प्रतिवादी कायम गरेर अदालतमा अभियोगपत्र दायर गरेको छ । फरार खण्डअन्तर्गत अभियोगपत्रको १२ औं नम्बरमा पाण्डे छन् । यसरी प्रतिवादी कायम गरेर अभियोग दर्ता भएको ३५ दिन पूरा भइसकेको छ । तर, फरार सूचीमा रहेका तिनै पाण्डे प्रहरी घेराभित्र बसेर प्रधानमन्त्रीसँग वार्ता गरी फर्किएका हुन् ।
चितवनको भरतपुर महानगरपालिका–१० घर भएका ४८ वर्षीय पाण्डे लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक हुन्, जेठ २८ गते ८१ जनालाई प्रतिवादी बनाइएकोमा उनको पनि नाम छ ।

बिज्ञापन

उनी सञ्चालक रहेको लिबर्टीले नेपाल रिइन्स्योरेन्स लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य बढाउने तथा प्रभावित पार्ने काम गरेको प्रहरीको निष्कर्ष छ । सिआइबीले पाण्डे समेतले झुटा कारोबार गरेर ९९ लाख हानी पु¥याएको निष्कर्षसहित सो रकम बराबर बिगो मागदावी लिएको छ ।

उसो त गत वैशाखमा मात्र बिद्युतीय बोलपत्र प्रणाली (ई–प्रोक्योरमेन्ट सिष्टम) ह्याक गरी अरबौं रूपैयाँको ठेक्का हात पार्ने ठूला निर्माण ब्यवसायी तथा उनै निकोलसका बुबा विक्रम पाण्डे र ऋषिकेश गौलीलाई सरकारी वकिल कार्यालयले मुद्दा कमजोर पारेर उन्मुक्ति दिएको थियो । पाण्डे र गौलीलाई सिआइबीले नियन्त्रणमा लिएर संगठित अपराध, क्रिप्टो करेन्सी र विद्युतीय कारोबारमा मुद्दा चलाउन प्रतिवेदन दिएकोमा महान्यायाधिवक्ता कार्यालयले विद्युतीय अपराधमा मात्र मुद्दा दायर गरी उन्मुक्ति दिएको थियो । यसरी पाण्डेलाई उन्मुक्ति दिनुको कारण फागुन २१ गतेको निर्वाचनमा उनले रास्वपालाई लगाएको गुन हो भन्छन् रवि लामिछाने निकट केही पत्रकार ।

बिज्ञापन

यसैबीच नक्कली नागरिकतादेखि राजस्व छलीसम्ममा मुछिएका व्यापारी कमलकिशोर मालपानीलाई जोगाउन खोज्दा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेल जोडिएको मुद्दा कमजोर हुन पुगेको रास्वपाकै कानुनी फाँटबाट संसदीय मैदानमा पुगेका केहीले बताए । कमलकिशोर मालपानीका छोरा नितेश र प्रधानमन्त्री बालेन साहको देश बनाउने टोलीका एक मन्त्री सुनिल लम्साल मिल्ने साथी भएकोले ८ करोड बढी पर्ने डिफेण्डर गाडी चुनावताका कुदाउन दिइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष