गज्जबको मेरिटोक्रेसी : बढी अंक ल्याउने फालिए,कम अंक ल्याउनेले नियुक्ति पाए

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती नियुक्त भएका छन् । मन्त्रिपरिषद्को ६ साउनको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुखमा नियुक्त भएका हुन उनी । जलवायु विपत्रि विज्ञ रहेका उप्रेति पाँच वर्षे कार्यकालका लागि नियुक्त भएका हुन्। खुला प्रतिस्पर्धाबाट र मेरिटोक्रेसीको आधारमा नियुक्त भएको भनिए पनि बढी अंक प्राप्त गर्ने तीन उम्मेदवारलाई फालेर कम अंक पाउनेलाई प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त गरिएसँगै यो नियुक्ति समेत विवादमा परेको छ ।

बिज्ञापन

२५ अंक ल्याएका ३ प्रतिस्पर्धीलाई जिल्याउँदै २४ नम्बर पाएर उप्रेती विपत प्राधिकरणको प्रमुख नियुक्त भएका छन् । सिफारिस समितिको मूल्यांकन सूचीमा आठौँ स्थानमा रहेका उनी अन्य प्रतिस्पर्धीको भन्दा कम अंक पाएका थिए । सरकारले उनैलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो ।

बिज्ञापन

 

बिज्ञापन

गृह मन्त्रालयले गत जेठ २२ गते कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो । आवेदकमध्ये छनौटमा परेका १६ जनालाई उनीहरूको शैक्षिक योग्यता,तालिम र अनुभवका आधारमा मूल्यांकन गरी सिफारिस समितिले अंक प्रदान गरेको थियो । धनकुटाका गणेशकुमार जिमी, सुर्खेतका लोकविजय अधिकारी र बर्दियाका अमृतप्रसाद शर्माले सबैभन्दा बढी २५ अंक पाएका थिए, तर उनीहरू सर्ट लिस्टमै परेनन् । २४ अंक पाएका उप्रेतीसँगै काठमाडौँका गौरव सागर दवाडी, बैतडीका दिनेश प्रसाद भट्ट, भक्तपुरका दिपक विक्रम थापा क्षेत्री र कास्कीका वसन्त राज अधिकारीको नाम समेटेर सर्ट लिस्ट सार्वजनिक गरिएको थियो । तिनैमध्येबाट उप्रेती विपद प्राधिकरणको प्रमुखमा नियुक्त भएका हुन ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

महिला हाकिम पनि के कम घुस खानमा

राष्ट्रिय कितावखानाको दायरा विस्तार, प्रहरी र शिक्षक कितावखाना एकीकृत

गज्जबको मेरिटोक्रेसी : बढी अंक ल्याउने फालिए,कम अंक ल्याउनेले नियुक्ति पाए

दुई अधिकृतलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

विकास निर्माणसम्बन्धी मुद्धा हेर्ने छुट्टै पूर्वाधार न्यायाधिकरण

सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी प्रतिवद्ध छ: महानिरीक्षक पौडेल

स्रोत नखुलेको साढे ६ लाखसहित पक्राउ परे उपसचिव

लेखा अधिकृत ३० हजार घुससहित रंगेहात पक्राउ

बिशेष