सिन्धुलीबाट पूर्व मन्त्री,लेखा अधिकृतदेखि भूगोलविद्सम्म सिफारिस

आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले  सिन्धुली क्षेत्र नम्बर एकबाट बाट भुगोलबिद तथा युवा नेता डा. वसन्त न्यौपाने सहित नौं जनालाई सिफारिस गरेको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्नेगरी उनको नाम आएको बताइन्छ ।

बिज्ञापन

नेकपा एमालेले सिन्धुलीले सिन्धुली–१ बाट एमालेले ९ जनाको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा पूर्व मन्त्री गणेश कुमार पहाडी, प्रदीप कटुवाल, सुवास देवकोटा, डा. वसन्त न्यौपाने, केदार देवकोटा, ध्रुव श्रेष्ठ, डम्बर कार्की, नारायण अधिकारी र निलिमा गुरुङ रहेका छन्।

बिज्ञापन

सिफारिसमध्ये गणेश कुमार पहाडी २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका नेता हुन्। पहाडीले केही समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय चलाएका थिए । त्यसैगरी, प्रदीप कटुवाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका श्याम कुमार घिमिरेसँग पराजित भएका थिए।  यस्तै लेखा अधिकृत केदार देवकोटासहित अनेरास्ववियुको राजनीतिबाट उदाएका डा. वसन्त न्यौपाने रहेका समेत सिफारिस भएका छन् ।

न्यौपाने विद्यार्थी राजनिती हुँदै नेकपा (एमाले) को केन्द्रीय बन तथा वातावरण बिभागमा रहेर काम गरेका छन। उनले चीनको प्रशिद्ध विश्वविद्यालयबाट भुगोल बिषयमा विद्यावारिधी गरेका छन् ।  उनलाई एमलेमा बैचारिक युवा नेताको रुपमा हेर्ने गरिन्छ। सो क्षेत्रका उमेद्धारका रुपमा पूर्व केन्द्रीय सदस्य सुवास देवकोटा, कर्मचारी नेता केदार देवकोटा तथा सम्पर्क मञ्चको राजनीतिमा सक्रिय ध्रुव श्रेष्ठलाई पनि यस क्षेत्रका बलिया दाबेदारका रूपमा हेरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवाको विकास मोडेल : केन्द्र होइन, रसुवालीले तय गर्ने भविष्य

संकटको सडकमा समाधानको इन्जिनियर: भण्डारी नेतृत्वको डिभिजन सडक यात्रा

हरेक चुनावमा चिन्ह फेरिरहने एक उमेद्धार,यस पटक सूर्यबाट सिफारिस

सिन्धुलीबाट पूर्व मन्त्री,लेखा अधिकृतदेखि भूगोलविद्सम्म सिफारिस

 चेतनात्मक विकास र प्रकृति संरक्षण         

सहरी विकास मन्त्रालय : सुधारको परीक्षा कि पुरानै सेटिङको निरन्तरता?

भक्तपुर मालपोत कार्यालयमा बिचौलिया–सेटिङ र घुस असुलीको जालो, करोडौँको चलखेलको आरोप

किन भुत्ते भए भ्रष्टाचार नियन्त्रणका लागि खडा भएका सरकारी संयन्त्र ?

बिशेष