“घर… एक सपना” अब DishHomeGO OTT एपमा, भोलिबाट सुरु स्ट्रिमिङ

नेपाली दर्शकहरूलाई लक्षित गर्दै कन्टेन्ट प्रस्तुत गर्दै आएको DishHome Go OTT एपले भोलि शुक्रबारदेखि नेपाली सिरिज “घर… एक सपना” स्ट्रिमिङमा ल्याउने भएको छ।

बिज्ञापन

चर्चित कलाकारहरू सरोज खनाल, लक्ष्मी गिरी र विश्व बस्नेत लगायतको सशक्त अभिनय रहेको यो सिरिज अब DishHome Go एपमार्फत दर्शकले हेर्न सक्नेछन्।आयुषा पोखरेलको प्रस्तुति रहेको “घर… एक सपना” ले एक नेपाली परिवारको बिखरिँदो सम्बन्ध, जिम्मेवारी, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक तथा यथार्थपरक ढंगले प्रस्तुत गरेको छ। कथावस्तुले पात्रहरूलाई जीवनका कठोर मोडहरू पार गर्दै घर, परिवार र सम्बन्धको वास्तविक मूल्य बुझ्ने भावनात्मक यात्रामा अघि बढाउँछ।

बिज्ञापन

लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा बनेको यस सिरिजमा नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रका अनुभवी र लोकप्रिय कलाकारहरूको प्रभावशाली अभिनयले कथा अझ सशक्त बनेको छ। सिरिजमा विश्व बस्नेतका साथै सुरेश थापा, सृजना अधिकारी, बिप्लभ लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङको पनि अभिनय देख्न पाइनेछ।

पारिवारिक सम्बन्धको गहिराइ, भावनात्मक उतारचढाव र सामाजिक यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको “घर… एक सपना” ले नेपाली दर्शकलाई आफ्नै कथा र अनुभूतिको नजिक पुर्‍याउने विश्वास गरिएको छ।नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्म DishHome Go OTT एपमा नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद, चलचित्र, सिरिज, विविध मनोरञ्जनात्मक सामग्रीहरू र लाइभ टेलिभिजन सहज रूपमा उपलब्ध छन्। DishHome ले गुणस्तरीय, नयाँ र मौलिक नेपाली सामग्रीमार्फत डिजिटल मनोरञ्जनको अनुभवलाई अझ समृद्ध र रोमाञ्चक बनाउँदै आएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष