संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरुलाई नै धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइरहेको छ ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनाल र पहिलो महिला सचिव चन्द्रकला पौडेलले नेतृत्व गरिरहँदा पछिल्ला दुई सातामै उपसचिवहरुले नेतृत्व गर्दै आएको ८ वटा नगरपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइने काम तमाम भएको छ ।मन्त्रालयमा नयाँ सचिवको रुपमा चन्द्रकला पौडेलको इन्ट्री भएसँगै दरबन्दी विपरित शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउन थालिएको हो । मन्त्रालयले गर्ने हरेक सरुवाको सूचीमा दुई चार जना शाखा अधिकृतहरुलाई यस अघि उपसचिवले नेतृत्व गर्दै आएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउन थालेको हो । नगरपालिकाहरुमा दरबन्दी अनुसार,उपसचिवहरुलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउँदै आएकोमा ती स्थानमा कर्मचारी जान नमानेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा समेत शाखा अधिकृतलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको हो । यस अघि यस्ता पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर शाखा अधिकृतलाई खटाइँदै आएकोमा अब शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित खटाइन लागेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सोमबारको निर्णय अनुसार ३८ जना शाखा अधिकृतहरुलाई स्थानीय तहमा खटाएको छ जसमा २ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । जसमा संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका जय चन्द शाहलाई सुखीपुर नगरपालिका,सिरहाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ भने गृहबाट सुजितकुमार यादवलाई कल्याणपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित सरुवा गरिएको छ ।
यस अघि पनि मन्त्रालयले १८ जना शाखा अधिकृतहरुको सरुवा गर्दा ४ जना शाखा अधिकृतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको थियो । जसमा सुशिल कुमार साहलाई यमुनामाई गाउँपालिकाबाट बलरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको थियो भने भूमि मन्त्रालयका शाखा अधिकृतको जिम्मेवारीमा रहेका संजीव साहलाई हरिपुर नगरपालिका,सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको थियो । यस्तै,भूमि मन्त्रालयकै शाखा अधिकृत सुनिल पौडेल पाख्रिवास नगरपालिकाको प्रमुख अधिकृतको जिम्मेवारी पाउँदा दिपेश कुमार झालाई शम्भुनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
यस्तै शाखा अधिकृत विकास सुन्दासलाई सुरुङ्गा नगरपालिका,रामनगर गाउँपालिकाबाट उमेश महत्तोलाई बलरा नगरपालिकाको प्रमुख प्रशासमकीय अधिकृत बनाएर खटाएको छ मन्त्रालयले । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १७ मंसिर यता तीन पटक सरुवा गर्दा ८ जना शाखा अधिकृतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको भेटिन्छ ।
बिज्ञापन
शाखा अधिकृतको अण्डरमा कसरी बस्लान सातौं- आठौं तहका कर्मचारी ?
मन्त्रालयले स्थानीय तहहरुमध्ये नगरपालिका र उपमहानगरपालिकामा सहसचिव,नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउँदै आएको थियो । यसरी खटाइएकामध्ये अधिकांश पालिकामा खटाइएका कर्मचारीहरु जान नमाने पछि अब शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउन लागिएको हो ।
यस अघि दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको कर्मचारीमध्ये बरिष्ठ कर्मचारीलाई आर्थिक र प्रशासनिक अधिकारसहितको निमित्तको जिम्मेवारी दिइदैं आएकोमा अब निमित्त को राज हटाउन भन्दै मन्त्रालयले नयाँ तरिका अपनाएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका अनुसार नगरपालिकामा उपसचिवको दरबन्दी रहे पनि हाललाई १० वर्ष अनुभव भएका शाखा अधिकृतलाई नगरपालिका खटाइएको बताइए पनि कतिपय शाखा अधिकृत बनेको दुई बर्ष नपुग्दै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न पुगेका छन् ।
अब शाखा अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

























