काभ्रेको श्रीखण्डपुर स्वेत भैरव

काभ्रे जिल्लाका प्राचीन सात शहरहरू भन्नाले नाला, बनेपा, साँगा, श्रीखण्डपुर, चौकोट, पनौती र धुलिखेल हुन् । हाल बनेपा नगरपालिकाभित्र बनेपा, साँगा र नाला रहेका छन् भने धुलिखेल नगरपालिकाभित्र धुलिखेल, श्रीखण्डपुर र चौकोट पर्दछन । तर पनौती नगरपालिकामा भने पनौती तथा वरपरका गाउँहरु रहेका छ्न । धुलिखेल नगरपालिकाको बडा नम्बर ५ मा श्रीखण्डपुर सहर पर्दछ ।

बिज्ञापन

श्रीखण्डपुर शहर काभ्रे जिल्लाका एउटा पुरानो व्यापारिक शहर हो । यो शहर काठ‌माडौंबाट झण्डै २८ कि।मी। पूर्वमा अवस्थित छ । त्यहाँ विभिन्न देवी देवताहरूका पुराना मन्दिरहरू रहेका छन् । श्रीखण्डपुरमा रहेका मन्दिरहरू मध्ये नासटोलमा रहेका श्वेत भैरवको मन्दिर पनि एक हो । यो मन्दिर श्रीखण्डपुरमा रहेका चार ढोका मध्ये उत्तरी ढोका नजिक रहेको छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिर तीन तल्लाको रहेको छ । मन्दिरमा रहेका टुँडालहरूमा कलात्मक देवीदेवताका मूर्तिहरू कुँदिएका हुन्। श्रीखण्डपुरको गौरव , पौरख र प्रतिष्ठा नै यो मन्दिरले थामेको छ ।मन्दिरको प्रवे‌शद्वरमा ढुङ्गाको कलात्मक एक जोडी सिंहहरू रहेका छन । श्रीखण्डपुरका नागरिकहरूले यस श्वेत भैरवलाई आफ्नो आराध्यदेवको रूपमा मान्दै आइरहेका छन ।

बिज्ञापन

श्रीखण्डपुरलाई नेवार समुदायले खड्‌पु अथवा खंपु पनि भन्ने गर्छन् । श्रीखण्डपुरको ठूलो जात्रा अथवा पर्व भनेको नै बिस्केट जात्रा हो। यस जात्रामा नालाबाट लिंगो लगि हरेक वर्षको चैत्र मसान्तमा उठाई अर्को बर्षको वैशाख महिनामा ढाल्ने गरिन्छ । लिंगो यसै स्वेत भैरवको परिषद‌मा उठाउने गरिन्छ ।

स्वेत भैरव मन्दिरभित्र जमिनभन्दा गहिरो भागमा स्वेत भैरवको साथ अन्य अष्टमातृकासहितको प्रतिमा स्थापना गरिएको छ । मन्दिरको नाममा गुठी स्थापना गरिएको छ । गुठीद्वारा नै जात्रा पर्वमा पूजाआजा गर्ने व्यवस्था गरिएको छ । यस मन्दिरमा असार महिनामा भुसाराम देश पूजा महत्त्वपूर्ण मानिन्छ । उक्त पूजामा पञ्चबली दिने व्यवस्था मिलाइएको हुन्छ । वैशाखमा हुने जात्रामा गणेश, कुमार र श्वेत भैरवको प्रतिमालाई रथमा राखेर शहरमा बाजागाजाका साथ घुमाउने प्रचलन रहेको छ।
स्मरणीय कुरा यो छ कि श्रीखण्डपुरमा स्वेत भैरव रहेकै कारणले गर्दा यहाँ लाखे नचाउन नहुने , जंकु अथवा भीमरथारोहण गर्न नहुने, पोंगा बाजा बजाउन नहुने, हरिसिद्धि नाँच भित्राउन नहुने र भक्तपुरबाट नवदुर्गा यस स्थानमा आउँदा स्वेत भैरवले ङा लाकेगु अथवा माछा मार्ने नाँच देखाउनु हुँदैन ।
वास्तवमा क्षेत्र स्वेत भैरव एक लुप्त अवस्था र शान्त रहने भएकोले यस प्रकारका क्रियाकलाप गर्नु हुदैन भने जनविश्वास रहेको छ। कुनै पनि स्थानमा त्यहाँ रहेका अथवा चलाएका परम्परा‌ले त्यस ठाउँमा प्रभाव पार्दछ । यही स्वेत भैरव रहेका कारणले गर्दा काभ्रेका सात शहर मध्ये श्रीखण्डपुर शान्त, शालीन र प्राय लुप्त जस्तै देखिन्छ। यहाँको साँस्कृतिक परम्पराले गर्दा यस्तो भएको हो। यहाँ मानिसहरू पनि शान्तिप्रिय तडकभड़क नगर्ने र आफ्नै स्वभावका रहेका छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बागमती प्रदेशमा मन्त्रालय कटौतीको प्रस्ताव, ७०१ कर्मचारी दरबन्दी घटाउने सुझाव

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

अदालत छेउमा बम विस्फोट

क्याविनेट अनिश्चित,पेन्डिङमा दर्जनौं नियुक्ति-बढुवा प्रस्ताव

नयाँ सांसद : एसएलसीसम्म पढेकादेखि पीएचडीधारीसम्म

काम चलाउ हलमा नयाँ सांसदहरुको शपथ,नयाँ मन्त्रीलाई छैन क्वार्टर

बिशेष