दसैंमा तयारी सामान र विद्युतीय गाडी कोरलाबाट धमाधम

रसुवागढी र तातोपानी नाका ठप्प भएपछि मुस्ताङको कोरला नाका अहिले दसैंका तयारी सामान र विद्युतीय गाडी आयात गर्ने मुख्य विकल्प बनेको छ।

बिज्ञापन

सोमबार घटस्थापनाका दिन मात्र कोरला नाकाबाट ३४३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्। तीमध्ये २३० वटाको भन्सार प्रक्रिया पूरा भइसकेको मुस्ताङ भन्सार कार्यालयका अधिकृत रमेश खड्काले जानकारी दिए। त्यस्तै, तयारी सामानसहित आएका १४२ कन्टेनरमध्ये १०४ को जाँचपास भइसकेको छ।

बिज्ञापन

चीनको ल्हेन्दे खोलामा आएको बाढीले असार २४ मा पक्की पुल बगाएपछि रसुवागढी नाका अवरुद्ध छ भने साउन १७ मा खसेको पहिरोका कारण तातोपानी नाका पनि अझै सञ्चालनमा आउन सकेको छैन। फलस्वरूप, दसैं नजिकिँदै गर्दा कोरला नाका एक मात्र विकल्प बनेको हो।

‘दसैंका लागि तयारी लत्ताकपडा, ज्याकेट, स्विटर र विद्युतीय गाडी बढी आयात भइरहेका छन्,’ अधिकृत खड्काले बताए। तर, गाडी चार्जिङ सुविधाको अभाव भने चुनौती बनेको छ। उनका अनुसार चराङमा जेको ब्रान्डका गाडीका लागि ओमोडाले स्टेसन राखेको छ भने बीवाईडीका गाडीलाई पोखराबाट जेनेरेटर ल्याएर चार्ज गर्नुपर्ने बाध्यता छ।

बिज्ञापन

यस नाका सञ्चालनमा आएयता हालसम्म ६१ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। भन्सार अधिकृत खड्काका अनुसार, नेपालबाट चीनसम्म कन्टेनर लैजाने चालकलाई उच्च भू–भागमा गाडी रोकिँदा कठिनाइ भोग्नु परेको छ।

यसरी, मुख्य दुई नाका बन्द हुँदा दसैंका लागि उपभोग्य वस्तु र विद्युतीय गाडी ल्याउने केन्द्र अहिले मुस्ताङको कोरला बनेको छ। तर, स्थायी समाधान नआएसम्म नेपाल–चीन व्यापार निरन्तर जोखिममै रहने देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

बिशेष