१० दिन अघि श्रीमतीसँग डिभोर्स गरेका सेनाका अमल्दारले गरे श्रीमतीको हत्या

महिना दिन अगाडिमात्र शान्ति सेनाबाट फर्किएका र १० दिन अघि अदालतबाट श्रीमतीसँग सम्बन्ध विच्छेद रोजेका नेपाली सेनाका एक अमल्दार श्रीमती कर्तव्य ज्यानसम्बन्धी कसुरमा समातिएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–६ स्थायी ठेगाना भई बारास्थित ज्वालादल गणमा कार्यरत ३६ वर्षीय सालिकराम बुढाथोकी व्यक्ति हत्याको अभियोगमा पक्राउ परेका हुन् ।

बिज्ञापन

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी टिका राउतलाई उपचारार्थ राप्ती प्रादेशिक अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । त्यस्तै, टिकाको साथमा फेला पारेका २९ वर्षीय आर्यन थापा गम्भीर घाइते छन् । उनको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बिज्ञापन

ज्वालादल गण बारामा कार्यरत अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले तुलसीपुर उपमहानगरपालिका– ६ राप्ती टोलमा डेरा गरी बसेकी रावतको शुक्रबार बिहान ८ः४० बजे डेरा नजिककै अर्को घरमा हत्या गरेका हुन । पक्राउपछि प्रारम्भिक बयानमा बुढाथोकीले १० दिन अघि टीकासँग आफूले ‘डिभोर्स’ गरेको बताएका हुन् ।

महिना दिन अघि मात्र शान्ति मिसनबाट फर्किएका बुढाथोकीले जिल्ला अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए । १४ जेठमा मात्रै अदालतले शालिकराम र टीकाबीच सम्बन्धबिच्छेद भएको फैसला गरेको थियो ।१० दिन अघि अदालतबाट श्रीमतीसँग सम्बन्ध विच्छेद रोजेका उनले श्रीमती परपुरुषसँग देख्न नसकेका कारण हत्या गरेको बताएका छन् ।

बिज्ञापन

शालिकराम र टीकाका सात वर्षीय छोरा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

बिशेष