भोजपुर, २३ वैशाख। ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिज्ञापन
मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिज्ञापन
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























