कर्मचारी सरुवा नियमित प्रक्रिया हो तर कहिलेकाहीँ कर्मचारीहरुको सरुवा हुन्छ मन्त्रीसँग कुरा नमिल्दा ।
बिज्ञापन
यस्तै नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयको एक सहसचिवलाई आफूलाई अनावश्यक सल्लाह दिएको भन्दै मन्त्रालयबाट सरुवा गरेकी छिन् ।ती सहसचिव कुनै भ्रष्टाचार,अनियमितता गरेका कारण सरुवामा परेका होइनन् । उनको एउटै अपराध थियो,मन्त्रीलाई सल्लाह दिनु । मन्त्री भएकै दुई दिन पछि नै सुमनाले सहसचिव शिवकुमार सापकोटालाई मन्त्रालयबाट सरुवा गरेकी थिइन ।
बिज्ञापन
सुमनाले शिक्षा सेवाका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटालाई शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा र आयोगमा उक्त भूमिकामा रहेका डा. कमल पोखरेललाई मन्त्रालयमा सरुवा गरिन। मन्त्रालयको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका सहसचिव सापकोटालाई सरुवा गर्नुपर्ने एउटै कारण थियो,उनले दिएको सल्लाह मन्त्रीलाई चित्त नबुझ्नु ।
सापकोटा सरुवा हुनुको एउटै कारण उनले मन्त्री श्रेष्ठलाई क्वाटरमा बस्न सुझाव दिएका थिए । यो सहसचिवको मात्र नभएर मन्त्रालयको कर्मचारीको आवाज थियो तर मन्त्री श्रेष्ठलाई उक्त सुझाव मन परेन । मन्त्री श्रेष्ठ पुल्चोकस्थित क्वाटरमा नगइ आफ्नै निवासमा बस्दै आएकी थिइन । सहसचिव सापकोटाले मन्त्रीलाई सरकारी निवासमै सर्न सुझाव दिँदा गालीमात्र गरिनन् कि भोलिपल्टै सापकोटाको सरुवा गरेर नयाँ प्रवक्ता ल्याएकी छिन् । उनले कर्मचारीको काम सल्लाह दिने नभई निर्देशन पालना गर्ने हो भन्दै हकारेको मन्त्रालयका कर्मचारीहरुले बताएका छन् । सोही पछि सहसचिव सापकोटाको ठाँउमा डा. कमल पोखरेललाई ल्याइएको छ ।
बिज्ञापन
मन्त्री श्रेष्ठले पुल्चोकस्थित क्वाटरको ए थ्री ब्लकको चाबी बुझेकी छिन् । तर, उनी त्यहाँ बसेकी छैनन् । क्वाटरमा आउने जाने मात्रै गर्दै आएकी छिन् । मन्त्री श्रेष्ठ आजदेखि क्वार्टरमा सर्ने तयारीमा छिन् । उनी त्यहाँ बस्ने गरी सर्ने लागेपछि हिजोमात्र उक्त व्लक थप सरसफाई गरिएको थियो ।
यता केही दिन अघिमात्र मन्त्रालयको ओएण्डएम फाइल बोकेर मन्त्रीको कार्यकक्षमा पुगेका अर्का सहसचिवसँग रिसाँउदै उक्त फाइलै ती सहसचिवपट्टी फँयाकेको मन्त्रालयका एक सहसचिवले कर्मचारी प्रेसलाई बताए । यसरी मन्त्रीले फाइल फ्याक्दा उक्त फाइलले सहसचिवको मुखमा लागेको थियो । नयाँ,युवा र एकदमै आशा गरिएको मन्त्री सुमनाको यी र यस्ता व्यवहारका कारण कर्मचारीहरु त्रस्त छन् ।