६७ औँ राष्ट्रिय सहकारी दिवस आज 

काठमाडौं । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

बिज्ञापन

२०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

बिज्ञापन

राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्र्तक्रियात्कम कार्यक्रमहरु आयोजना गर्ने भएका छन् ।

देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ । यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ।

बिज्ञापन

सहकारी क्षेत्रमा संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसंगतीका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको छ ।

आम नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समुहले गरेको अपचलनका कारण पनि पछिल्लो समय सहकारी क्षेत्र बद्नाम बनेको छ,धेरै बचतकर्ता पीडित छन् । सहकारी संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

बिशेष