गत पुसमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दरबन्दी कटौती गर्ने निर्णय भयो । विद्यमान संगठन संरचनाअनुसार हाल कार्यालयमा २३५ जनाको स्थायी दरबन्दी छ । ओएन्डएम स्वीकृत भएपछि अब यो दरबन्दी १६७ मा सीमित पार्न खोजिएको थियो ओएण्डएमबाट । गत पुस १२ को क्याविनेटले प्रम कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो ।
हाल सात सचिव रहेकोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तीन जना सचिव,हाल ११ सहसचिवको दरबन्दी रहेकोमा उक्त संख्या पनि घटाउने तयारी थियो । त्यहाँ ३० जना उपसचिवको दरबन्दी छ, ५६ जना शाखा अधिकृत छन् । तर, अब यी पदहरुमा पनि व्यापक कटौतीको प्रस्ताव गरिएको थियो। तर कार्यान्वयन भने भएको छैन ।तर निर्णय भएको तीन महिना समय बितिसक्दा समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय कार्यन्वयनमा जान सकेको छैन ।
बिज्ञापन
हाल प्रधानमन्त्री कार्यालयमा मुख्यसचिवसहित प्रशासनका ४, न्याय र इन्जिनियरिङका एक एक तथा विशेष दरबन्दीमा एक जना सचिवको दरबन्दी छ । अहिले प्रधानमन्त्री कार्यालयमा सचिवहरु दिनेश भट्टराई,अर्जुनप्रसाद पोखरेल,कानुन हेर्ने लीलादेवी गडतौला,सरजुकुमार वैद्य (इन्जिनियरिङ्ग)विशेष दरबन्दीका खगेन्द्रप्रसाद नेपालसहित त्यहाँ ७ जनाका सचिवको दरबन्दीलाई ३ वटामा झार्ने प्रस्ताव गरिएको थियो ।
बिज्ञापन
यस्का अलवा त्यहाँ ११ सहसचिवको दरबन्दी रहेकोमा अहिले लोकनाथ पौड्याल र प्रशासन महाशाखामा नारायणप्रसाद भट्टका अलवा खोमराज कोइराला, किरण रुपाखेती, दलबहादुर अधिकारी कानुन, राजेन्द्र थापा, शिवादेवी दाहाल, नमराज घिमिरे विपिन आचार्यका साथैं रेखा दास, हीरामणि शर्मा संगीता ओझा र अर्जुन भण्डारी प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा कार्यरत छन् ।
तीन महिना अगाडि नै क्याविनेटबाट स्वीकृत भएको एउटा निर्णय तीन महिना व्यतित हुँदा समेत प्रधानमन्त्री कार्यालयमा लागू हुन सकेको छैन ।