मन्त्रिपरिषद् बैठक जारी :-आधा दर्जन सचिव भकुण्डो बन्दै

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकमा एक जना सचिवमा बढुवा गर्न सक्ने बताइएको छ ।

बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी अवकाशमा गएसँगै रिक्त हुन पुगेको एक सचिव पदका लागि सहसचिवत्रय डा हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस हो । बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेकोमध्ये एकलाई सचिवमा बढुवा गर्न सक्ने बताइएको छ ।

बिज्ञापन

यस्तै, आजको क्याविनेट बैठकले केही मन्त्रालयका सचिवहरूको सरुवा गर्नसक्ने बताइएको छ । आज पुर्नगठित मन्त्रिपरिषद्को पाँचौं बैठक बस्दै छ । आजैको बैठकबाट अर्थ सचिव कृष्णहरि पुष्करसहितलाई जिम्मेवारीबाट हटाउने बताइएको छ । सो स्थानमा अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने सम्भवना रहेको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, उद्योग, खानेपानी,नेपाल ट्रष्ट लगायतका निकायमा कार्यरत सचिवहरूको सरुवा हुन सक्ने बताइएको छ । यस अघि बाग्मती प्रदेशबाट उद्योगमा फड्को हानेका मुकुन्द निरौला, बाणिज्य सचिव नारायण शर्मा दुवाडी, रक्षा सचिव किरण शर्मादेखि भूमि सचिव गोकर्णमणि दुवाडीहरु समेत सरुवामा पर्न सक्ने बताइँदैछ । यस्तै हिट लिष्टमा रहेका अर्को सचिव छन्,डा सुरेश आचार्य उनी कुटनीतिक राहदानी दुरुपयोग प्रकरणमा मुछिएर बदनामी खेप्दैछन् । उद्योग,खानेपानी,भूमि,रक्षा लगायतका मन्त्रालय नै एमालेसँग छ र संयोग यी चारवटै मन्त्रालयको प्रशासनिक नेतृत्व काँग्रेससँग निकट रहेका प्रशासकहरुले गरिरहेका छन् । यी चारै सचिवहरु परिवर्तन हुने सम्भवना रहेको बताइँदैछ ।

सुरेश अचार्यलाई यस अघि नै बसिसकेको नेपाल ट्रष्टमा लैजाने गरि छलफल चलिरहेको छ । यस्तै सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी समेत सामान्य सचिव विनोद सिंह विकल्प खोज्न थालेका छन् । त्यहाँ राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम राया र बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय सामान्यमा भित्रने चर्चा चल्दैछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय सेवाका विभिन्न पदका विज्ञापनहरु संशोधन

थप ६ अधिकृत उपसचिवमा बढुवा सिफारिस

रसुवाको विकास मोडेल : केन्द्र होइन, रसुवालीले तय गर्ने भविष्य

संकटको सडकमा समाधानको इन्जिनियर: भण्डारी नेतृत्वको डिभिजन सडक यात्रा

हरेक चुनावमा चिन्ह फेरिरहने एक उमेद्धार,यस पटक सूर्यबाट सिफारिस

सिन्धुलीबाट पूर्व मन्त्री,लेखा अधिकृतदेखि भूगोलविद्सम्म सिफारिस

 चेतनात्मक विकास र प्रकृति संरक्षण         

सहरी विकास मन्त्रालय : सुधारको परीक्षा कि पुरानै सेटिङको निरन्तरता?

बिशेष