कमलाको मुक्त आकाङ्क्षा

मुक्तकसंग्रहको लोकार्पण भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र गंगबुको सभा हलमा भएको एक विशेष समारोहका बीच पुस्तक लोकार्पण भएको हो । वरिष्ठ साहित्यकार मोतीराज बमको प्रमुख आतिथ्यमा भएको कार्यक्रम साहित्यका विभिन्न बिधामा कलम चलाइरहेका सष्ट्राहरूको उपस्तिथि रहेको थियो । लेखिकाका काका रवि पौडेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार नारायण नेपाल , साहित्यकार बैरागी जेठा , साहित्यकार रसुवाली कवि , मुक्तक बिधामा स्थापित मुक्तककारहरू सुनिल अधिकारी , एचके धिताल , राजेन्द्र घिमिरे तथा साहित्यकारहरू श्यामराज पाठक , छविरमण सिलवाल , चेतनपथ माधव लगायतले संयुक्त रूपमा मुक्त आकाङ्क्षा मुक्तक संग्रहको लोकार्पण गरेका थिए । लोकार्पण कार्यक्रमको संचालन चर्चित हास्य कलाकार एन्टिना घनश्यामले गरेका थिए ।

बिज्ञापन

कार्यक्रम धारण राख्दै मुक्तकका जानकार सुनिल अधिकारीले पोखरा घोषणापत्रलाई आधार बनाएर मुक्तक लेख्नुपर्ने आवस्यकताझलाई औल्याउँए । अधिकारीले हेर्दा मुक्तक लेख्न सजिलो जस्तो लागेपनि संरचनामा बाधिएर लेख्न कठिन हुनेहुँदा मुक्तकलाई गम्भीर भएर लेख्नका निम्ति लेखिकालाई सुझाव दिए ।साहित्यकार नारायण नेपालले साहित्यमा गामबेसीको मर्म आउनुपर्नेमा जोड दिए । मुक्तककार एचके धितालले चोटिलो मुक्तक लेख्न साधना र अभ्यास दुबै चाहिने कुरालाई औल्याउँदै मुक्तककार कमला पौडेललाई शुभकामना दिए । आख्यानकार समेत रहेका चेतनपथ माधवले बिश्वका कुनै महान साहित्यकारले त्रुटिरहित सिर्जना गर्न नसक्ने हुनाले कमलाले सिक्दै अगाडि बड्न सक्ने बताए ।

बिज्ञापन

मुक्तककार राजेन्द्र घिमिरेले मुक्तकमा जति नै भेलबाढी आएपनि उत्कृष्ट मुक्तक र मुक्तककारको सधैं महत्त्व हुने कुरामा जोड दिए । साहित्यकार श्यामराज पाठकले आफ्नो धारणा सहित लेखिकालाई शुभकामना दिए । कार्यक्रममा दर्जनभन्दा धेरै साहित्यकार धारणा राखेका थिए । सामुदायिक प्रहरी सेवा गंगबुका अध्यक्ष केदारनाथ पाठकले साहित्यकारहरू सधैं समाज अग्रणी हुन भन्दै लेखिकालाई शुभकामना दिए । नेपाल प्रहरीका पुर्व डियस्पी गोविन्द पाठकले सुन्दर समाज निर्माणमा साहित्यले महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै पुस्तक प्रकाशन गरेकोमा लेखिकालाई बधाई र शुभकामना दिएका थिए ।

प्रमुख अतिथि बमले साहित्यले राजनीतिको खराब पक्षलाई हटाउन मद्दत गर्ने कुरामा जोड दिदै जोडदार मन्तव्य राखेका थिए । कार्यक्रमको अन्तिममा आफ्नो धारणा राख्दै लेखिका कमला पौडेलले भनिन,मेरो सानैदेखि रहर आज पुरा भएको छ । यो अबसरमा मलाई धेरै खुशी लागेको छ । उनले यो क्षेत्रमा आफूलाई अगाडि बढाउन सहयोग गर्ने व्यक्तिहरूलाई धन्यवाद समेत दिएकी थिइन् ।

बिज्ञापन

कार्यक्रमको व्यबस्थापनमा चर्चित मुक्तककार जिज्ञासु पौडेल तिलकले महत्त्वपूर्ण भुमिका खेलेका थिए । यस्तै लेखिकाको साथी रिमा थापा र दिदी शारदा पौडेलले कार्यक्रमको व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । अन्तिम सभापति रवि पौडेलले सभा बिर्सजन गरेपछि कार्यक्रम सकिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।