सम्झिँदैमा दिक्क लाग्ने समाचार छ– पोखराबाट काठमाडौं घुम्न आएको डिएसपी एउटी युवतीको पछि लाग्छ । उनी पिसाब फेर्न जान्छिन् । डिएसपीचाहिँ पछाडिको नग्न भाग कस्तो हुन्छ भनेर प्वालबाट चिहाउँदै भिडियो बनाउँछ र हिरासतमा पुग्छ !
बिज्ञापन
सशस्त्र प्रहरीको पोखरास्थित नम्बर ४ बाहिनीअन्तर्गत लेखामा कार्यरत डिएसपी तुलसिंह केसीले यस्तो हर्कत गरेका हुन् । उनीविरुद्धको मुद्दा सोमबार अदालतमा दर्ता भएको छ । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ ।
बिज्ञापन
केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको भन्दै जाहेरी परेको आरोपमा पक्राउ परेका थिए । जिल्ला अदालत, काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका थिए । अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका छन् । न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टमा राति ९ः२० बजेतिर केसीले शौचालयमा गएकी महिलाको अश्लील फोटो खिचेको भन्दै जाहेरी परेको थियो । पीडितले दिएको जाहेरी अनुसार, उनी शौच गर्न बसेका बेला केसीले शौचालयको पर्खालमाथिबाट अश्लील तस्वीर खिचेका थिए । पक्राउ परेपछि प्रहरी नियन्त्रणमा रहेकै बेला ‘फेसबुक डिएक्टिभ’ गर्न भन्दै मोबाइल मागेर उनले फम्र्याट गरेको समेत अनुसन्धानका क्रममा देखिएको थियो ।
केसीले ८ फागुनमा बेलुकी ७ः२० बजे श्रीमतीको नम्बर निकाल्नु प¥यो भन्दै प्रहरीलाई भनेका थिए ।‘मैले गरेको गल्तीबारे विभिन्न पत्रपत्रिकामा आइसक्यो, मेरो फेसबुक आईडीबाट मेरो तथा परिवारको फोटो तारेर मिडियामा हाल्नसक्ने हुँदा व्यक्तिगत पहिचान गोप्य राख्न फेसबुक प्रोफाइल डिएक्टिभेट गर्नुप¥यो भनेर अनुरोध गरेका थिए’, प्रहरी सहायक निरीक्षक रामबाबु राय यादवले भनेका छन्, ‘डीएसपी भएकाले विश्वास गरेर मोबाइल दिँदा उनले बरामद भएको मोबाइलको सम्पूर्ण डाटा तथा प्रमाणहरु नष्ट गर्ने मनसायले बदनियतपूर्वक मोबाइल फम्र्याट गरे ।’यसपछि प्रहरीले मोबाइलको डाटा रिकभरीका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । केसीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को अश्लील किताब, पर्चा इत्यादी बनाउन वा बिक्री गर्न नहुने कसुरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले बरामद गरिसकेको ‘आईफोन १२ प्रोम्याक्स’ मोबाइल प्रहरी नियन्त्रणमै रहेका बेला केसीले हात पारेर फर्म्याट गरेको भेटिएको थियो । आफू सशस्त्र प्रहरीको ४ नम्बर बाहिनी पोखरामा कार्यरत डीएसपी भएको भन्दै उनले प्रहरी वृत्त, स्वयम्भुका प्रहरीलाई फेसबुक डिएक्टिभ गर्न भन्दै मोबाइल मागेको प्रहरीहरु बताउँछन् ।
बिज्ञापन
युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्बिर तथा भिडियो खिचेका थिए। युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् । प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई पक्राउ गरिएको थियो । डिएसपी केसी सशस्त्रका अन्य अधिकृतसहित रेष्टुरेन्टमा बसेर मदिरा पिएका थिए । मदिराकै नशामा उनले त्यस्तो गरेका हुन् ।
उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ । उक्त ऐनअनुसार एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न नपाइने व्यवस्था छ ।