बाग्मती प्रदेशका ११९ पालिकामध्येमा सबैभन्दा कमजोर नौकुण्ड,कार्यसम्पादनमा १३ अंकमात्र

रसुवा जिल्लाको नोकुण्ड गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा बिजोग देखिएको छ । बाग्मती प्रदेशका ११९ वटा पालिकामध्ये सबैभन्दा कमजोर कार्यसम्पादन देखिएको हो । विभिन्न १७ वटा सूचकमा आधारमा गरिएको मूल्यांकनमा नौकुण्ड गाउँपालिकाको सबैभन्दा बिजोग देखिएको हो । रसुवाका कुनै पनि पालिकाले ३० प्रतिशत अंक भार समेत कटाएका छैनन् । जिल्लागत रुपमा विश्लेषण गर्दा ५ पालिकामध्ये कालिका गाउँपालिका अब्बल देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा जिल्लाका उत्तरगया,नौकुण्ड,आमाछोदिङ्मो,गोसाइकुण्ड र कालिकामध्ये कालिका अब्बल देखिएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ७७३ स्थानीय तहको कार्यसम्पादन मुल्यांकन सार्वजनिक गरेका हो । जुन कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये सबैभन्दा बढी चितवनको भरतपुर महानगरपालिकाले ५६ दशमलव २९ अंक प्राप्त गरेको छ। त्यसो त भरतपुर देशभरका ६ महानगरपालिकामध्ये नैे उत्कृष्ट महानरपालिका पनि हो। १३ जिल्ला रहेको बागमती प्रदेशमा चितवनको भरतपुर महानगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा धेरै अंक प्राप्त गरेको हो भने रसुवाको नौकुण्ड गाउँपालिकाले सबैभन्दा कम १३ अंक मात्रै पाएको छ।केन्द्रले विभिन्न सूचांकहरुको मूल्यांकन गरी कार्यसम्पादन मूल्याकन तयार गरेको छ ।

बिज्ञापन

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि–२०७८ अनुसार १७ वटा सूचकका आधारमा वित्त आयोगले मूल्यांकन गर्ने गर्छ । जसमा असार १० भित्र बजेट पेश गरे वा नगरेको, असार मसान्तभित्र बजेट पारित गरेरनगरेको, आयरव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेरनगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको, विनियोजित रकमअनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे वा नगरेको जस्ता सूचकका आधार केन्द्रले मूल्यांकन गर्दै आएको छ ।

बिज्ञापन

आर्थिक वर्ष २०७९र ०८० को कार्यसम्पादन मूल्यांकनमा रसुवा जिल्लाका पाँच पालिकामध्ये स्थिति बिजोग देखिएको छ । जिल्लागत रुपमा विश्लेषण गर्दा ५ पालिकामध्ये कालिका गाउँपालिका अब्बल देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा जिल्लाका उत्तरगया,नौकुण्ड,आमाछोदिङ्मो,गोसाइकुण्ड र कालिकामध्ये कालिका अब्बल देखिएको हो । जसमा कालिकाले २६ दशमलव ९६,एमालेका केन्द्रीय सदस्य माधव अर्यालले  नेतृत्व गरेको उत्तरगयाले २१ दशमलव ५२,गोसाइकुण्ड २१ दशमलव २३,आमाछोदिङ्मो २० दशमलव ८१ अंक पाउँदा नौकुण्डले १३ प्रतिशत नम्बर पाएको छ ।

बिज्ञापन

नौकुण्ड गाउँपालिकाको अध्यक्षमा अहिले नुर्वु स्याङ्वो घले र उपाध्यक्षमा चन्द्रबहादुर गलान छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।