कर्मचारीलाई कहाँबाट फल्छ करोडौंको सम्पत्ति ?

कर्मचारीको हकमा पैसा कसरी फल्दछ ? एउटा दुईवटा होइन चार चार वटी पत्नी भित्र्याउनेदेखि तिनका नाममा घर घडेरी बंगला जोड्ने पैसा कहाँबाट आउँछ ? इमान्दार ढंगले काम गरेर जीवन धान्नै गाह्रो छ तर बेइमानी गर्नेहरुकै बोलबोला छ निजामतीमा ।

बिज्ञापन

एउटा अधिकृतको तलब हुन्छ नै कति ४५ हजार हाराहारी तर त्यही तलब थाप्ने कर्मचारीको ऐयासी र बिलासी जीवन देख्दा अख्तियारकै कर्मचारीहरु अचम्मित हुन थालेका छन् । अख्तियारका अधिकारीहरुलाई चकित पार्ने गरी अकुत आर्जन गर्ने अफिसर हुन मीनबहादुर भट्टराई । उनी ललितपुर मालपोत कार्यालयका तत्कालीन अधिकृत,जो सँग मात्र साढे चार करोड अवैद्य अर्थात श्रोत नखुल्ने सम्पत्ति छ भन्दैछन्,अख्तियारका अधिकारीहरु । भट्टराईले जागिर शुरु गरेको ०५४ सालमा । २५ वर्ष जागिर, २० वटा पोस्टिङमा उनको वैद्य आय अर्थात स्रोत खुल्ने सम्पत्ति ५ करोड ९५ लाख तर उनले विभिन्न बैंकमा राखेको व्यालेन्स,विभिन्न ठाउँमा गरेको लगानी १० करोड २३ लाख ९२ हजार । अख्तियारले सात बर्ष लगाएर खोज्दा भट्टराईसँग भएको चार करोड बढी रकमको स्रोत फेला पार्न सकेको छैन । २५ बर्ष अघि सुब्बाबाट सरकारी सेवामा पाइला राखेका हुन भट्टराईले । पहिलो पोस्टिङ जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा थियो ।

बिज्ञापन

झण्डै १० बर्ष हुलाकमा बिताएका भट्टराईले ६४ सालबाट फड्को मार्न सफल भएका उनका सहकर्मीहरु सुनाउँछ । ६४ सालमा हुलाकबाट मालपोतमा सिफ्ट भएपछि उनलाई आर्थिक रुपमा खडेरी पर्न छाड्यो । दायाँ फर्किए पनि पैसा,बायाँ फर्किए पनि पैसा बर्सिन थाल्यो ।मालपोत त्यसमा पनि डिल्लीबजारबाट शुरु भयो उनको कमाउ यात्रा । तिनताक डिल्लीबजार सबैभन्दा बढी घर जग्गा कारोबार हुन ठाउँ । उनको पिआइएस केलाउँदा २०६६ माघ देखि २०७० वैशाख २६ सम्म भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयमा काम गरेका भट्टराईले २०७० वैशाख २७ मा झापाको दमकस्थित मालपोत कार्यालयमा मालपोत अधिकृत र सोही वर्ष असोज २२ देखि २०७१ माघ २९ सम्म मालपोत कार्यालय ललितपुरमा काम गरेका अभिलेखमा भेटिन्छ । निजामती किताबखानाबाट प्राप्त विवरण अनुसार जागिरे अवधिभर भट्टराईले यातायात र मालपोत लगायतका कार्यालयमा बढी बसेको देखिन्छ । दुई बर्ष महोत्तरी र काभ्रपलाञ्चोकमा जिल्ला प्रशासनमा बिताएका उनले त्यस पछिको तीन बर्ष यातायात कार्यालय सिरहामा बिताए । सिरहा यातायात कार्यालयमा २०७६ वैशाख १७ गते पोस्टिङ पाएका उनले त्यहाँ २०७९ भदौ १४ सम्म काम गरेका थिए ।

उनको अन्तिम पोस्टिङ भने मधेस प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरणमा रहेको देखिन्छ । नायब सुब्बाबाट जागिर सुरु गरेका भट्टराईले २५ वर्षमा चार करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा गैरकानुनी तबरले आर्जन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनले झापास्थित दमकमा तीन आना,दमकमै अर्काे जग्गा,२०७८ भदौ ११ मा भट्टराईले काठमाडौँ–१० मा घरसहित १२ आना, तीन पैसा तीन दाम र दुई आना एक दाम जमिन ५ करोड ७९ लाख ३७ हजारमा खरिद गरेका थिए । उनले ६ करोड ६० लाख १६ हजार ७ सय ५० रुपैयाँ बराबरको घरजग्गा खरिद गरेको जनाइएको छ । भट्टराइका नाममा ललितपुरको लुभु, झापाको दमक, भक्तपुर लगायत गरि ११ ठाउँको जग्गा जमिन किनेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत हुँदा कसुर, सहसचिव छँदा मुद्दा

विज्ञापनको दस्तुर फिर्ता गर्ने प्रधानमन्त्री कार्यालयको परिपत्र

ब्याकडेट राखेर राजपत्रमा प्रकाशन भयो समता कर शुल्क खारेजको निर्णय

कप्तानगञ्ज घटना : सरकार र पीडित पक्षबीच ७ बुँदे सम्झौता

२३ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सीडीओ संरचना पुनर्संरचनामा पूर्वसचिवको समर्थन, थप ११ जिल्लामा पनि उपसचिव नेतृत्वको सुझाव

ओएन्डएममा परराष्ट्र मन्त्रालयको अडान : दरबन्दी र महाशाखा घटाउन अस्वीकार

आयल निगमको कार्यकारी निर्देशक छनोट : कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ६ उम्मेदवारलाई बोलाइयो

बिशेष