पहिलो परीक्षामा रवि लामिछाने

आगामी १० वैशाखमा हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा ५९ जनाको उम्मेदवारी परेको छ । बारा–२ मा २६ जना, चितवन–२ मा २४ जना र तनहुँ–१ मा ९ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

बिज्ञापन

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएकाले तनहुँ–१, रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले बारा–२ र नागरिकता विवादमा रवि लामिछाने पदमुक्त भएकाले चितवन–२ रिक्त भएको थियो । तीनवटै क्षेत्रमा सत्तारुढ दलहरुले साझा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दल एकल प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिज्ञापन

गत चुनावको परिणाम र उम्मेदवारहरुको पृष्ठभूमि हेर्दा यो उपनिर्वाचनमा रास्वपा बलियो प्रतिस्पर्धी देखिएको छ ।

रास्वपाबाट उम्मेदवार बनेका तीनै उम्मेदवार आ–आफ्नो क्षेत्रमा बलियो प्रभाव राख्ने व्यक्ति हुन् । चितवन–२ मा सभापति रवि लामिछाने आफैं उम्मेदवार छन् भने तनहुँ–१ मा स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेल उम्मेदवार छन् । अर्थशास्त्री वाग्ले केही दिन अगाडि मात्रै कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका हुन् । पूर्वडीआईजी खरेल गत चुनावमा आफ्नै नेतृत्वको सुशासन पार्टीबाट काठमाडौं–१ मा उम्मेदवार थिए । चुनाव नजिते पनि खरेलले सम्मानजनक मत पाएका थिए ।

बिज्ञापन

अघिल्ला चुनावहरुको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धी शक्ति चाहिँ सत्ता गठबन्धन र एमाले नै हो । गत चुनावमा तनहुँ–१ मा सत्ता गठबन्धनबाट रामचन्द्र पौडेलले २५ हजार ३१३ मत ल्याएर जित्दा १९ हजार ९२५ मत पाएर एमालेका एकबहादुर राना निकतम प्रतिद्वन्द्वी बनेका थिए । उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराई र एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।

भट्टराई कांग्रेस पार्टीका केन्द्रीय नेता हुन् । उनीसँग प्रतिस्पर्धा गर्न एमालेले गत चुनावमा काठमाडौं–६ बाट हारेका सर्वेन्द्रलाई यहाँ ल्याएको छ । सर्वेन्द्र गत चुनावमा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वास जित्दै उनी तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमको व्यक्तित्व बिर्सदा यो निर्वाचन क्षेत्रको मुख्य प्रतिस्पर्धी उम्मेदवार गोविन्द र सर्वेन्द्र हुन् ।

स्वपाका विकास सिग्देलले गत चुनावमा ६ हजार मत मात्रै पाएका थिए । त्यो चुनावमा ६ हजार ८ सय मत ल्याएका पुराना कांग्रेस नेता गोविन्दराज जोशीले यसपटक उम्मेदवारी दिएनन् ।

चितवन–२ मा पनि कांग्रेस, एमाले र रास्वपा नै प्रतिस्पर्धी शक्ति देखिन्छन् । गत चुनावमा फराकिलो मतान्तरले जितेका रविसँग प्रतिस्पर्धा गर्न कांग्रेसले जीतनारायण श्रेष्ठ र एमालेले रामप्रसाद न्यौपानेलाई अगाडि सारेको छ । गत चुनावमा रविले ४९ हजार ३०० मत ल्याएर जित्दा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए । यसपटक कांग्रेस र एमालेले उम्मेदवार फेरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्य प्रशासनमन्त्रीको १ सय दिन : निजामती विद्येयकको मस्यौदा तयार पार्नेदेखि सरुवा अनिवार्य अनलाइन प्रणालीसम्म

विपद प्राधिकरणमा निमोठिँदै ‘मेरिटोक्रेसी’

कम्पनी रजिष्ट्रारमा २० कर्मचारीको दरबन्दी कटौती प्रस्ताव

प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

पर्यटन मन्त्रीले गरे ५ संस्थामा २५ जनालाई नियुक्ति

कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

६४ करोडको भेप कान्ड : नक्कली प्रज्ञापनपत्र बनाउनेलाई उन्मुक्ति , अनुसन्धान भरियामै रोकियो

बिशेष