मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारीले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् । हिजो उनले उक्त विद्येयक प्रमाणीकरण गरेकी हुन । विद्येयकमा १५९ वटा दफा रहेका छन् । यस अघि गत साउनमा बसेको प्रदेशसभाको दोस्रो बैठकबाट संशोधनकर्ता संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्वसम्मतिले पारित भएको थियो । […]

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया गाउँपालिका अब्बल देखिएको छ ।  सामान्य प्रशासनले देशैभरका ७५३ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)को शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया अब्बल ठहरिएको हो । मन्त्रालयले आर्थिक बर्ष ०७९/ ८० को स्थानीय तह संस्थागत क्षमता […]

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले बनाएको सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० लाई पुनः संशोधन गर्न थारु र रानाथारु समुदायले माग गरेका छन् । ऐनमा थारु/रानाथारु समुदायको जनसंख्याको आधारमा समावेशी कोटा १८ प्रतिशत कायम गर्न माग गर्दै दुवै समुदायले ऐन संशोधनको माग गरेका हुन । ऐनमा यो समुदायको समावेशी कोटा १५ प्रतिशत कायम गर्ने […]

एकातिर कांग्रेस–एमाले गठबन्धन,संविधान संशोधन गरेर साना दल सखाप पार्ने खेलोमेला चलेसँगै मधेश केन्द्रित साना दल एकै ठाँउमा उभिने प्रयास गर्दैछन् । ठूला दल काँग्रेस र एमाले हर्कतका विरुद्धमा मधेशका दलहरु एकै ठाउँमा संगठित हुने बिषयमा केही चरण छलफल भएको जनाइएको छ । काँग्रेस र एमाले दुई ठूला दलले संविधान संशोधन गरी समानुपातिक व्यवस्था हटाउने, साना […]

निजामती सेवामा ८६ हजार बढी कर्मचारी कार्यरत छन् । निजामती कर्मचारीमध्ये आठ प्रतिशत संख्या मधेशीको रहेको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ५३०३ जना प्राविधिक क्षेत्रमा, एक हजार पाँच सय ७५ अप्राविधिक क्षेत्रमा रहेको भेटिएको छ यस्तै ३७ जना अन्य क्षेत्रमा रहेको तथ्याङ्कले देखाउँछ । तथ्यांक अनुसार सबैभन्दा बढी नेपाल स्वास्थ्य सेवामा तीन हजार एक […]

‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८१’ कर्मचारी हकहित प्रतिकूल नहुनेगरी जारी गर्न आग्रह गरेका छन् । स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले राजधानी सुर्खेतमा उनीहरूले बुधबार शान्तिपूर्ण र्‍याली गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि कोणसभा गर्दै कर्मचारी हकहित प्रतिकूल नहुने गरी जारी गर्न आग्रह गरेका हुन्। नेपालको संविधानको धारा […]

चाहे सरकारी सेवा होस वा त राजनीति । आरक्षणको लक्ष्य एकातिर छ, लाभ चाहिँ प्रभावशाली वा अर्वपतिहरुले उठाइरहेका छन् । ‘तरमारा’ वर्ग मालामाल हुने, वास्तविक पीडित पीडामै रुमल्लिरहनुपर्ने घटना बग्रेल्ती भेट्न पाइन्छ,राजनीति/निजामतीतिर । विनोद चौधरी,उमेश श्रेष्ठ,आरजु राणाजस्ता नेताहरुले आरक्षण कोटाको लाभ उठाइरहेका छन् । उता निजामतीतिर दुबी आएकोेदेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म […]

सुदूरपश्चिम प्रदेश सभाले प्रदेशको निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न ल्याएको विधेयक पारितसँगै विरोध शुरु भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विद्येयक बहुमतले पारित गरेको हो । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका थिए । उनीहरुको विरोधका बाबजुत […]

सुदूरपश्चिम निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको  सुदूरपश्चिम प्रदेशसभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका भए पनि उनीहरुको […]

निजामती कर्मचारीका विभिन्न संगठनहरुले निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका छन् । रुपन्देहीमा क्रियाशील कर्मचारीहरूका संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका हुन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेशप्रसाद पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।