कोशी प्रदेशका ३७ कर्मचारीहरु सातौं तहमा बढुवा सिफारिस भएका छन् । बढुवा सूचना १८२ बमोजिम प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश कृषि सेवातर्फका २०,प्रदेश प्रशासन सेवा विविध समूहको १,प्रदेश प्रशासन सेवा,सामान्य प्रशासनतर्फका १२ र प्रदेश प्रशासन सेवा लेखातर्फका ४ गरी ३७ कर्मचारी पदोन्नतीका लागि सिफारिस गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढुवा सिफारिस समितिको हिजो […]

लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जको रेञ्जर नितेन्द्र सिंहले जिल्लामा आतंक मच्चाएका छन् । झण्डै एक दशकदेखि त्यहाँ कार्यरत उनले जलविद्युत परियोजना,होटल व्यवसायीसम्मलाई आतकित पारेको गुनासो जिल्लाका होटल व्यवसायी र जलविद्युत परियोजना सञ्चालकहरुले जनाएका छन् । झण्डै एक दशकदेखि निकुञ्जमा कार्यरत सिंह जिल्लामा रहेका जलविद्युत परियोजनासँग रकम उठाउनेदेखि विवादित जनप्रतिनिधिहरुलाई घरमै गएर भेट्ने प्रकरणमा मुछिएर बदनामी कमाएका कर्मचारी […]

कोशी प्रदेशका आठ कर्मचारीहरु सातौ तहमा बढुवाका लागि सिफारिस भएका छन् । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश निजामती सेवा ऐन २०७९ अनुसार उनीहरुको बढुवा गरेको जनाएको छ । प्रदेश वन सेवाका ती कर्मचारीहरु कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन । जसमा गुरास लावती,सरोज घिमिरे,राजु खड्का,रोशनराज काफ्ले,शिवलाल वि.क,कपिलदेव अधिकारी,श्यामकुमार महतो रहेको छन् । […]

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को् कार्यालयले ४ जना कर्मचारीलाई उपसचिव तहमा पदोन्नतीका लागि सिफारिस गरेको छ । प्रदेश कृषि सेवाका तीन र प्रशासन सेवाका एक गरी चार अधिकृतस्तरका कर्मचारीहरुलाई नवौं तहमा बढुवाका लागि सिफारिस भएका हुन । जसमा कृषि प्रसार सूमहका गोविन्द पाण्डे,बागबानी समूहबाट सोनी राना,मस्त्य विकासतर्फ रविनसन अधिकारी र प्रशासनतर्फ लक्ष्मी भद्र वाग्ले रहेका […]

रास्वपा सभापति रवि लामिछानेविरुद्धको विभिन्न तीन वटा मुद्धा दर्ता भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध तीन वटा मुद्दा दर्ता गरेको हो । जसमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखको बिगो मागदाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा रवि पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ […]

प्रदेशका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीइ अधिकृत संघ मातहत नराख्न प्रस्ताव गरिएको छ । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दफादार छलफल चलिरहेको संघीय निजामती सेवा विद्येयकमा कर्मचारी परिचालन गर्दा प्रदेशका सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघ मातहत नराख्न प्रस्ताव गरिएको हो । गण्डकी प्रदेश लोकसेवा आयोगले संघीय निजामती विधेयकमा ६ बुँदे […]

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि थप दुई मुद्धा चलाउन प्रहरीले सिफारिस गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले विभिन्न तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। प्रहरीले तयार पारेको झण्डै ५ सय पृष्ट लामो प्रतिवेदनमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण […]

मधेश प्रदेश लोकसेवा आयोगले अधिकृतस्तर सातौं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा सामान्य प्रशासन समूह,लेखा उपसमूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार,खुलातर्फ १०,मधेसी महिला ३,महिला ३,दलित महिला २,मुस्लिम १,मुस्लिम महिला १,खस आर्य महिला १ र अन्तरसेवातर्फ ३ पदका लागि विज्ञापन खुलाइएकोमा लिखित परीक्षामा सम्मिलित २७९ मध्येबाट […]

मधेश प्रदेश लोकसेवा आयोगले बार्षिक विज्ञापनको कार्यतालिका संशोधन गरेको छ । आयोगले एक सूचना प्रकाशन गरेर विज्ञापन कार्यतालिका संशोधन गरेको हो । जसअनुसार,अधिकृत बाह्रौ प्राविधिक तथा अप्राविधक तहमा बढुवा आवश्यक्ता अनुसार गर्ने जनाइएको छ । आयोगले सहायक स्तर तेश्रो देखि अधिकृत स्तर एघारौं तहका विज्ञापनका कार्यतालिका संशोधन गरेको हो ।

सरकारले स्थानीय तहमा मात्र होइन प्रदेशमा समेत कर्मचारी खटन पटन गर्न सकेको छैन । अझैं पनि २५० भन्दा बढी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । अहिले संघीय मामिला तथा सामान्य प्रशासनको बरण्डामा मात्र ८५ जना कर्मचारी थुपारिएको छ । तीमध्ये चार जना सहसचिवस्तरकै हुन । यस्तै उपसचिव तहका ३२ जना कर्मचारी सामान्यको बरण्डामा घाम […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।