मदेश प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
आयोगले स्थानीय सेवातर्फका स्थानीय प्रशासन,सामान्य प्रशासन,लेखा,प्राविधिकतर्फका इन्जिनियर,स्थानीय कृषि,मत्स्य,भेटेरिनरी,शिक्षा प्रशासन,जनरल नर्सिङ लगायतका पदमा गरी झण्डै ३२५ भन्दा बढी संख्याका लागि दरखास्त आह्वान गरेको छ।
बिज्ञापन
आयोगले शुक्रवार सूचना जारी गर्दै स्थानीय सेवा तर्फका स्थानीय प्रशासन,सामान्य प्रशासन ६४ खुला,लेखा सहायक १९,आन्तरिक लेखापरीक्षक १० गरी ९३ जना खुलातर्फबाट माग गरेको छ । यस्तै,मधेसी महिला २५,मधेसी कोटाबाट २३,दलित महिला ८,दलित सात लगायतका कोटामा आयोगले विज्ञापन गरेको हो ।
























