राजनीति
आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको बताइएको छ । आजको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ । यसैबिच आजको बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको छ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने […]
संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, रसुवावासीले निर्वाचनबाट जिताएर संघीय संसद बनाएर पठाएका इ. मोहन आचार्य विना सूचना पाँच बैठकमा बैठकमा अनुपस्थित रहेको विवरण संघीय संसद सचिवालयले दिएको छ । गत माघमा शुरु भएर वैशाखमा हठात अन्त्य भएको हिँउदे अधिवेशनमा रसुवाका […]
इलाम । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने […]
के सरकारी कर्मचारीले घण्टै पिच्छे हाजिर गर्ने सम्भव हुन्छ ? त्यो पनि सेवाग्राहीको अत्याधिक भीड हुने कार्यालयमा, कर्मचारीले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म घण्टै पिच्छे हाजिर गर्ने कुरा कतिको व्यवहारिक होला ? संघीय एक मन्त्रीले आधा आधा घण्टामा मिटिङ,घण्टा घण्टामा प्रगति विवरण खोजेर हैरान बनाएकै शैलीमा प्रदेशका मन्त्रीले कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका […]
नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।कांग्रेस उम्मेदवार अभिषेक सिंहलाई २६७ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन […]
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा अपेक्षाकृत भोट ल्याउन सकेको छैन। अहिलेसम्म २३ हजार २०५ सदर मत गणना हुँदा रास्वपा उम्मेदवार मिलन लिम्बूले १४०१ मत प्राप्त गरेका छन्।लिम्बूले आफ्नै वडामा पनि एक सय मत कटाउन सकेनन्। माङसेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना सकिँदा रास्वपाका लिम्बूले ९६ मत मात्रै प्राप्त गरेका छन्।एमालेका सुहाङ नेम्वाङले अग्रता झनै […]
बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ । प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गरेका छन् । एमालेका दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र […]
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले ७ हजार ६७७ मतका साथ अग्रता कायम गरिरहेका छन् । नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै,पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४०५८ मतका साथ तेस्रो स्थानमा छन् । घण्टी पार्टीका उमेद्धार मिलन १ हजार १६२ मत पाएका छन् […]
सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरू गरेकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगानीलाई सरल र सहज बनाउने सम्बन्धी अध्यादेश जारी गरेका छन् । बिहान प्रधानमन्त्री प्रचण्डले तेस्रो लगानी सम्मेलन उद्घाटन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन । मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल […]
बझाङ । बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पु¥याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो । सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले […]