राजनीति
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जाँड रक्सी खानेलाई छुट दिन नसक्ने बताएका छन् । युवाहरुलाई जाँड रक्सी नखान र समाजका विकृति विरुद्ध लाग्न सुझाव दिंदै उनले जाँडरक्सी खाने र भ्रष्टाचारमा डुब्नेलाई छुट दिन नसक्ने बताएका हुन । ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले युवा भनेर भ्रष्टाचारमा डुब्नेहरू जाँडरक्सी, पुरै घैँटो नै समाप्त […]
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाँदैछन् । प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल,परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतमलगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका […]
मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकबाट चयन भएका सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।संघमा संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रममार्फत सांसदहरुलाई ठेकेदार बनाउने गलत कामलाई सर्वाेच्चले रोक लगाइदिएको थियो । संघमा खारेज भइसकेको संसदीय विकास कोषलाई मधेश […]
हिजो बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ निर्णय सार्वजनिक भएको छ । हिजोको क्याविनेटले हेटौँडा सिमेन्ट उद्योग,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक र राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा नियुक्ति गरेको छ । हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी मकवानपुरलाई नियुक्त गर्ने,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक पदमा पदम ओली बाजुरालाई नियुक्त गर्ने,अन्तर्राष्ट्रिय सम्मेलन […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १० बर्षमा सूचना प्रविधिकै क्षेत्रमा १५ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्य राखिएको बताएका छन् । अबको १० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको प्रधानमन्त्री प्रचण्डले बताएका हुन त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको प्रधानमन्त्री पुष्पकमल […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । सङ्घीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन मैले पहल गरिरहेको छु। यो […]
आज बसेको क्याविनेट बैठकले विभिन्न निकायमा नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को बैठकले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको कार्याकारी निर्देशकको नियुक्ति गरेको हो । हेटौंडा सिमेन्टको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति पाएका छन् भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओली, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राईलाई नियुक्त गरिएको […]
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बिभिन्न माग गर्दै आउदो असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज (बिहिबार) एक बिज्ञप्ती जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडी धर्ना एवं घेराउ गर्ने जनाएका छन् । समाजिक न्याय, सुशासन सहित […]
नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रदेश सरकार गठनका लागि निर्णायक मानिएको एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलाई सरकारबाट फिर्ता भएका हुन । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएसँगै एकीकृत समाजवादीले […]
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मन्त्रालय र मातहतका कर्मचारीप्रति गुनासो सार्वजनिक फोरममै पोखेकी छिन् । मन्त्री साहले कृषि मन्त्रालय र मातहतका निकायका कर्मचारीका व्यवहारका कारण आफू वाक्कदिक्क (बोर) भएको गुनासो सार्वजनिक मञ्चबाटै पोखेकी हुन । मन्त्री साहले एकाथरी कर्मचारी आएर फलाना खत्तम, ऊ खत्तम । अर्काेथरी कर्मचारी आएर त्यो उतम,उ खत्तम भन्ने टिप्पणी […]