राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नेबारे राष्ट्रपति पौडेलले हिजो दिनभर र मध्यरातसम्मै बिभिन्न राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु तथा संविधानविदहरुसँग टेलिफोन संवाद तथा शितल निवासमै भेटेर छलफल गरेका थिए । अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच राति अबेरसम्म छलफल भएको थियो ।
बिज्ञापन
छलफलमा सँविधानको कुनै पनि धारामा नटेकी आवश्यकताको सिद्धान्तका आधारमा यस्तो निर्णय हुन लागेको हो । जसअनुसार,बाहिरका तमाम हल्लालाई खारेज गर्दै गणतन्त्रको प्रतिक शीतल निवासमा रास्ट्रपति आफ्नो कार्यकालभरी रहने छ । सँसद विघटन हुने छैन र घाइते अवस्थामा सँविधान पनि यथावतै रहनेछ,भोलि बिहान ९ बजेसम्ममा आवश्यकताको सिध्दान्त भन्दै सुशीला कार्कीको शपथ हुने स्रोतले जनाएको छ ।
बिज्ञापन
यद्यपि केही युवाहरुले राख्दै आएको संसद् विघटनको माग राष्ट्रपति पौडेलले अस्वीकार गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको संरक्षणक र पालकका रूपमा जिम्मेवारी निर्वाह गर्ने सहमति पनि शीतलनिवासमा भएको छ। वर्तमान संविधानको धारा ६१ (४) मा रहेको बाधा अड्काउ फुकाउको व्यवस्थाअनुसार राष्ट्रपति पौडेलले कार्कीलाई नियुक्त गर्ने भएका हुन् ।