भोलि मन्त्रिपरिषद्‌ विस्तार,भोटिङ प्रक्रियाबाटै छनोट गरिँदै मन्त्रीहरु

अन्तरिम सरकारको मन्त्रिमण्डल भोटिङ प्रक्रियाबाटै छनोट हुने भएको छ ।

बिज्ञापन

यस अघि जेनजीहरुको समूहले भोटिङ प्रक्रियाबाटै अन्तरिम सरकारको प्रधानमन्त्री चयन गरेका थिए । उही शैलीमा अन्तरिम सरकारको मन्त्रीहरु चयन हुने जेनजी आन्दोलनका अगुवाहरुले जनाएका छन् ।  प्रधानमन्त्रीमा नियुक्ति सुशीला कार्कीको पक्षमा ५० प्रतिशत मत परेसँगै हिजो राती राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरिसकेको छन् । अब उही शैलीबाट नयाँ मन्त्रीहरु छानिन लागेका हुन ।

बिज्ञापन

२३ र २४ भदौको आन्दोलनपछि २५ गते जेन–जी युवाहरूले भर्चुअल मतदानबाट प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए ।

नयाँ मन्त्रीमण्डलको छनोट पनि भोटिङ प्रक्रियाबाटै हुने भएको छ । अहिले यो आन्दोलनको अगुवा सुदन गरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न वालुवाटार पुगेका छन् ।

बिज्ञापन

जेन–जी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् । मन्त्रीका लागि कुलमान घिसिङ, ओमप्रकाश अर्याललगायतका व्यक्तिहरूको चर्चा छ ।

आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष