अन्तरिम सरकारको मन्त्रिमण्डल भोटिङ प्रक्रियाबाटै छनोट हुने भएको छ ।
बिज्ञापन
यस अघि जेनजीहरुको समूहले भोटिङ प्रक्रियाबाटै अन्तरिम सरकारको प्रधानमन्त्री चयन गरेका थिए । उही शैलीमा अन्तरिम सरकारको मन्त्रीहरु चयन हुने जेनजी आन्दोलनका अगुवाहरुले जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्ति सुशीला कार्कीको पक्षमा ५० प्रतिशत मत परेसँगै हिजो राती राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरिसकेको छन् । अब उही शैलीबाट नयाँ मन्त्रीहरु छानिन लागेका हुन ।
बिज्ञापन
२३ र २४ भदौको आन्दोलनपछि २५ गते जेन–जी युवाहरूले भर्चुअल मतदानबाट प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए ।
नयाँ मन्त्रीमण्डलको छनोट पनि भोटिङ प्रक्रियाबाटै हुने भएको छ । अहिले यो आन्दोलनको अगुवा सुदन गरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न वालुवाटार पुगेका छन् ।
बिज्ञापन
जेन–जी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् । मन्त्रीका लागि कुलमान घिसिङ, ओमप्रकाश अर्याललगायतका व्यक्तिहरूको चर्चा छ ।
आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् ।