कार्यकर्तालाई कमिसन दिन छिटो बजेट निकासा नगरेको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएका छन् । पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले प्रशासन गुहारेका छन्। सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उजुरी दिँदै सुरक्षा मागेका छन्। उनले […]

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु घले जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । बौद्ध प्रहरी कार्यालय कपनको टोलीले आइतबार कपनबाट तास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको थियो । ती १० जनामध्ये एक गाउँपालिका अध्यक्ष नुर्बु घले पनि हुन् । मकवानपुरका सुमन गोले वर्ष अन्दाजी ३९ का, विष्णु दोङ वर्ष ४१, मकवानपुरका तीमकुमार गोले वर्ष […]

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुनबीच भनाभन भएको छ । संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफुले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असतुन्ति व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका  थिए […]

आज (सोमबार) साँझ मन्त्रिपरिषद्को बैठक डाकिएको । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि बैठक डाकेका हुन् । ओली सरकार आएपछि आजको बैठक तेस्रो मन्त्रिपरिषद् बैठक हुनेछ । बैठकको एजेण्डाहरु हालसम्म नआएपनि केही महत्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

पूर्व मन्त्री वीरेन्द्रकुमार महतोले देशमा सरकारी कार्यालयमा घुसबिना कामै नहुने बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको बताएका हुन । प्रचण्ड सरकारका वनमन्त्री समेत रहेका उनले भने हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। […]

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति अवैद्य ठहर गर्दै सर्वाेच्चमा परेको रिट संवैद्यानिक इजलाशमा पठाउने आदेश भएको छ । प्रधानमन्त्री नियुक्ति गर्दा गलत धाराको प्रयोग भएको दाबी गर्दै कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेल, दीपक अधिकारी र विजय हमालले धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि अर्को सरकार धारा ७६ (३) बमोजिम गठन हुनुपर्नेमा […]

प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्ने कर्मचारीले मुद्धा खेप्नुपर्ने र काम नगर्ने स्वच्छ छविको हुने अवस्थाको अन्त्य गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनु अघि आफूलाई विश्वासको मत दिनुपर्ने कारणहरु पेश गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले सरकारका पाँच प्रथामिकता सदनलाई जानकारी गराउँदै ओलीले […]

बजेटको विषयमा विवाद हुँदा कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष र वडाध्यक्षबिचको द्वन्द्वको कारण कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएको छ ।गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी र गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ४ का वडाध्यक्ष रामजनम चौधरीबिचको द्वन्द्वले कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएको हो । वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुवै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन् । उनीहरूको विवादले […]

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए । सरकारको कामबाट जनता सन्तुष्ट हुन नसकेको भन्दै उनले जनताका समस्या बुझेर कार्यशैलीमा सुधार गर्न प्रधानमन्त्रीले निर्देशन […]

नेकपा एमालेका युवा नेता महेश बर्ताैलाले पार्टी राजनीतिमा निरन्तर छलाङ हानिरहेका छन् । एमाले पार्टी फुटेर कसैलाई फाइदा भयो भने ती हुन्– महेश बर्तौला । पार्टी नफुटेको हुँदो त, न महेशले टिकट पाउने थिए, न त आफ्नो राजनीतिक गुरु विरोध खतिवडालाई हराउने अवसर नै मिल्ने थियो । हेभिवेट विरोधलाई हराएर संघीय सांसद भएका बर्तौला चार […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।