भूपु मुख्यसचिवलाई आत्मवृत्तान्त लेख्न प्रधानमन्त्रीको सुझाव

आजदेखि अवकाशप्राप्त मुख्यसचिव एकनारायण अर्याललाई प्रधानमन्त्री सुशीला कार्कीले कलम र डायरी उपहार दिएर सरकारी सेवाबाट बिदा गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो आयोजित विशेष समारोहमा कार्कीले अर्यालको सुखमय अवकाशप्राप्त जीवनको कामना गर्दै उपहार प्रदान गर्नुभएको थियो ।

बिज्ञापन

२०४६ माघ ४ गते नायव सुब्बाबाट थालिएको निजामती यात्राबारे अनुभूति समेटिएको किताब लेख्न प्रधानमन्त्रीले अर्याललाई सल्लाह दिनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘उमेर छ,२२ २३ बर्ष सक्रिय हुन सकिन्छ । अहिलेलाई आनन्दसँग घर जानुहोला । पेन्सन पाइहालिन्छ । आफ्ना अनुभव संगालोको रुपमा पुस्तक लेख्नुहोला ।’

बिज्ञापन

सोही क्रममा उहाँले आफू पनि लामो समय पदमा नरहने बताउनुभएको थियो । आगामी फागुन २१ गतेको निर्वाचनपछि आफू पनि घरमा सीमित हुने जनाउँदै भन्नुभयो, ‘मेरो पनि कति छ र । चुनावपछि घर फर्किने हो । तपाइँ र मेरो घर नजिकै छ । एक दिन धापासीको घरमा बोलाएर आफैँले चिया बनाएर खुवाउँछु तपाइँलाई ।’

प्रधानमन्त्रीले बिदाई समारोहमा व्यक्त गर्नुभएको धारणाले अर्याललाई तत्काल सरकारी नियुक्ति दिने संकेत देखिँदैन । कार्यक्रममा सहभागी एकजना सचिवले भने, ‘प्रधानमन्त्रीले खरो खरो बोल्दै अवकाशपछि घरमै बस्ने हो, अन्त जाने होइन भनेर अरुलाई समेत सन्देश दिनुभयो ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष