पेशागत फाँटबाट को को चुनिए प्रतिनिधि ?

नेकपा एमालेको आगामी ११ औं महाधिवेशन यही पुस अन्तिम साता हुँदैछ । अन्य फाँटमा झैं पेशागत विशेष जिल्ला कमिटीको निर्वाचनमा समेत निर्वाचनप्रति उति रुची देखाएनन्,झण्डै ३६ सय सदस्य रहेको भनिएको उक्त फाँटबाट ६ सय हाराहारीमात्र मत खसेको छ अर्थात बुद्धिजीवि,कर्मचारीहरु रहेको उक्त फाँटबाट जम्मा १६ प्रतिशतमात्र मत खसेको छ । ३६ सयभन्दा बढी मतदाता रहेको पेशागत विशेष जिल्ला कमिटीमा निजामतीतर्फ १४ सय,वकिल २ सय तथा लेखापाल डेढ सय,सार्वजनिक संस्थानका कर्मचारीहरू लगभग ७ सय छन् । त्यसमा २ सय जना जति शिक्षक र त्यत्तिकै हाराहारीमा वकिलहरू छन् । प्राध्यापकहरूको संख्या ४ सयको हाराहारीमा रहेको यो क्लस्टरमा ३ सयजति स्वास्थ्यकर्मीसमेत रहेको बताइएको छ । यस्तै बैंक, वित्तीय संस्थान, राष्ट्र बैंकलगायत निकायमा कार्यरत कर्मचारीहरूको संख्यासमेत लगभग ५ सयको हाराहारीमा भएका कारण यो क्षेत्रलाई एमालेको क्रिम फोर्सका रूपमा हेरिँदै आएको छ । जहाँ प्राध्यापक, वकिल, पत्रकार, डाक्टर, इञ्जिनियरदेखि विभिन्न वित्तीय क्षेत्रमा काम गरिरहेकाहरूले महाधिवेशन प्रतिनिधि छान्दा शनिबार छुट्टीको दिनसमेत कूल मतदाताको १६ प्रतिशतमात्र सहभागिता जनाएको पाइएको हो । जसलाई एमालेजनहरु १४ नम्बर शाखा भन्दै आएका छन् ।

बिज्ञापन

उसो त जिल्ला जिल्लाको हालत पनि भिन्न छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै गृह जिल्लामा साढे १८ हजार हाराहारी संगठित कार्यकर्ता रहेकामध्ये १२ हजार हाराहारीले मात्र मतदान गरे अर्थात ६६ प्रतिशतलेमात्र मतदानमा भाग लिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको गृहजिल्ला ओखलढुंगामा एमालेका ७ हजारभन्दा बढी संगठित सदस्यता रहेको दावी गरिदै आएको छ । जहाँबाट २१ प्रतिशत हाराहारीमात्र मत दिएर आफ्नो जिल्लाबाट महाधिवेशन प्रतिनिधि चुनेर पठाएका छन् ।

बिज्ञापन

पेशागत जिल्ला कमिटीबाट महाधिवेशन प्रतिनिधिका लागि पाँच जना खुला, एकजना युवा र दुई महिला गरी आठ जनाको कोटा तोकिएको थियो । काठमाडौंको माइतीघर हाइटस्थित पहिले एमाले केन्द्रीय कार्यालय रहेको स्थानमा भएको निर्वाचनमा खुलातर्फ लेखनाथ कोइराला,मोहनकुमार पराजुली,धर्मराज मैनाली,एस किरण,प्रयास साह,महिला कोटाबाट अणु धमला र प्रेरणा न्यौपाने,आशुतोष शर्माहरुको लिष्ट बाडिएको थियो ।

जसमध्ये लेखनाथ कोइरालाले ४४४ मत पाए भने वासुदेव शर्माले ३७४ मत ल्याए । ४१९ मत ल्याएर मोहन पराजुली विजयी भएका छन् । माओवादीबाट एमालेमा पसेका मधेसी मूलका प्रयास शाहले ४०९ मत पाउँदा ३७५ मत ल्याएर विजयी प्रेरणा न्यौपाने र ३६५ मत ल्याएर विजयी भएकी अणु धमला विजयी भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पेशागत फाँटबाट को को चुनिए प्रतिनिधि ?

सच्याउला त सरकारले कर्मचारीको असमान मर्यादाक्रम ?

स्थानीय सेवा ऐन संशोधन गरी मंसिरभित्रै नियमावली ल्याइने

तत्कालीन मुख्यसचिवले ‘होल्ड’मा राखेको विवादित नियुक्ति सुमनराज अर्यालले गरे प्रमाणीत

यी १५ निकायका ओएनएम स्वीकृत

जेन्जी सिद्धान्तअनुरूप सेवा प्रवाह: भक्तपुर नापी प्रमुखको स्पष्ट घोषणा

कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा राजस्व सचिव बराल नियुक्त

मन्त्रिपरिषद्को २७ बुँदे निर्णय सार्वजनिक

बिशेष