मिराज ढुंगानालाई सिंहदरबार प्रवेशमा रोक

गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । मंगलबार र बुधबार उनी सिंहदरबार प्रवेश गर्न खोजे पनि प्रहरीले उनलाई मुलुकको प्रशासकीय केन्द्र प्रवेशमा प्रहरीले रोक लगाएको हो ।

बिज्ञापन

आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार भन्दै आएको मिराज ढुंगानाको जेन जी समूहलाई मंगलबार समेत सिंहदरबार प्रवेशमा रोक लगाइएकोमा आज समेत सिंहदरबार प्रवेशमा अवरोध गरिएको छ । अस्ति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको उक्त समूहलाई गेटबाटै फर्काइएको थियो । हिजो पनि उनीहरु सिंहदरबार छिर्न खोजेकोमा प्रहरीले धकेलेर साइड लगाएको थियो ।

बिज्ञापन

उता सुशीला कार्की नेतृत्वको सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएको जेन जी समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेको छ । मदन बुढा, पुष्प विक, राजेन्द्र कुवँर, रामचन्द्र जोशीलगायतका युवाहरु आज सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर अर्यालसँग भेटघाट गरेका हुन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष