राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ क्याविनेट बैठक डाकिएको हो । बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत विषयमा छलफल हुने बताइएको छ।
काठमाडौं । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि भन्ने नाराका साथ आज हामी १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले विज्ञान दिवसको अवसरमा वैज्ञानिक, विज्ञानमा साचो वा वैज्ञानिक खोज, अनुसन्धान र सोचको प्रवद्र्धनमा तल्लीन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् । […]
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार साँझ बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए। बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि […]
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त प्रस्ताव स्वीकृत गरेसँगै समस्यामा परेका सयौँ स्वास्थ्यकर्मीको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आठ […]
संवैधानिक परिषद्को बैठक आज बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने छ ।प्रधानमन्त्री अध्यक्ष हुने सो परिषद्मा विपक्ष दलका नेता, प्रधानन्यायाधीश, […]
विगत केही दिन यताका छापा एवं दृश्यहरुमा पदमा रहेका अधिकांश नेताहरू उपर जन आक्रोस बढ्दै गएका खवरहरू पढ्न एवं हेर्न वा सुन्नु परेको छ जुन सन्तोषजनक विषय हैन। जनताहरूमा किन धैर्यता गुम्दै गएको छ? पछिल्लो पटक स्थानीय तथा संघीय जन प्रतिनिधि चुनेको ३ वर्ष पुग्दै छ। यिनै चुनेर पठाएका जन प्रतिनिधिहरू उपर किन असन्तुष्ठी बढ्दो […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री ओलीले एक कार्यक्रमका बीच चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको हो ।प्रधानमन्त्री […]
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सीके) ले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्धा दायर गरेका छन् । ललितपुर जिल्ला अदालत स्रोतका अनुसार अध्यक्ष राउतले पत्नी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्धा दायर गरेका हुन । उनले दायर गरेको मुद्धामा अंश सम्बन्ध विच्छेद शीर्षक उल्लेख गरिएको छ । यसको अर्थ राउतले अंश दिएर श्रीमतीसँग वैवाहिक सम्बन्ध अन्त्य […]
नेपाल विद्यार्थी संघले अवैध लाइसेन्स प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । ३० हजार भन्दा बढी अवैध लाइसेन्सको विषयमा यथार्थ छानबिनको माग गर्दै नेपाल विद्यार्थी संघले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको हो । संघका केन्द्रीय सदस्य नारायण पाण्डेको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा यातायात व्यवस्था विभागका बहालरत डीजीमाथिसमेत प्रश्न उठाइएको […]