प्रसाई र सरकारबीच सहमति : कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकार सकारात्मक

सरकारले आगामी बजेटमा निजामती कर्मचारीको तलब २० हजारका दरले बढाउने बिषयमा सकरात्मक निर्णय गर्ने भएको छ । हिजो राती  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ र सरकारबीच भएको  १२ बुँदे सहमतिमा कर्मचारीहरुको तलब २० हजार बढाउने बिषयमा सहमति भएको छ ।

बिज्ञापन

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाभियान,नेपालका अध्यक्ष दुर्गा प्रसाईंसँग १२ बुँदे सम्झौता गरेको हो । यसअघि प्रसाईंले राखेका २७ बुँदे मागलाई विभिन्न ४ वटा उपबुँदासहित १२ बुँदा बनाएर सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री कार्कीको उपस्थितिमा दुई जना वकिललाई साक्षी राखेर गरिएको सम्झौताको पहिलो बुँदामा संविधान संशोधन सुझाव आयोग गठन गरिने ब्यहोरा उल्लेख छ । उक्त आयोगले प्रसाईंले भनेबमोजिम हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्था कायम राख्ने सम्बन्धमा केन्द्रित भएर प्रतिवेदन बुझाउने छ । गत चैतमा भएको हिंसात्मक आन्दोलनमा संलग्न प्रसाईंलगायतमाथि विचाराधीन फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया मन्त्रिपरिषद् बैठकबाट तुरुन्त कार्यान्वयनमा लगिने,बैंकको ऋण नतिरेर कालोसूचीमा परेकाहरुको सूचीबाट नाम फुकुवाका लागि सहजीकरण गर्ने भनिएको छ ।
यस्तै प्रसाईले कर्मचारी,सेना,प्रहरीको तलब २० हजार का दरले बढाउन आगामी बजेटमा सकारात्मक निर्णय गरिने सहमतिमा उल्लेख गरिएको छ । सहमतिमाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मासिक तलब २० हजार रुपैयाँ वृद्धि गर्ने मागलाई सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा वित्तीय स्रोतको उपलब्धताका आधारमा सकारात्मक रूपमा विचार गर्ने जनाएको छ ।

बिज्ञापन

सहमति भएको बुँदा नम्बर पाँचमा लेखिएको छ,निजामति कर्मचारी, सेना, प्रहरी, र सशस्त्र प्रहरीहरूले हाल प्राप्त गरिरहेको तलबमा २० हजार बढाउने सम्बन्धमा सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी गर्दा उपलब्ध वित्तीय स्रोतको आधारमा सकारात्मक निर्णय गर्ने छ,’ सहमतिमा उल्लेख गरिएको छ ।

यस्तै,जेलमा रहेका सहकारी ठगहरुको मुद्दा फिर्ता लिने, ऋण नतिरेका ऋणीहरुको धितो पुनर्मूल्याङ्कन गर्नेलगायत मागमा सरकारले सहमति जनाएको देखिन्छ ।

बिज्ञापन

यी सबै माग पूरा गर्न राज्यको स्रोत साधन,प्रचलित कानुन र स्वयम् सरकारको आयु जोडिएकाले असन्तुष्ट समूहलाई खुशी पार्ने उद्देश्यबाट अभिप्रेरित रहेको देखिन्छ । प्रसाईंको महाअभियानले २६ कात्तिकमा गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

सरकारी भवनभित्रका ट्रेड युनियन कार्यालय हटाउन काठमाडौं प्रशासनको ७ दिने अल्टिमेटम

कर्मचारी प्रशासन महाशाखा सहसचिव ढकाललाई ‘घाँडो’ : सरुवा विवादपछि प्रधानमन्त्री कार्यालय र ट्रेड युनियन दुवैतर्फबाट दबाब

प्रधानमन्त्रीलाई एउटा म्यासेज, कर्मचारीतन्त्रमा ठूलो प्रश्न

नेपालको विकास प्रवृत्तिमा असारे मानसिकता र यसको संरचनागत कारणहरू

पूर्वसचिव संगीता मिश्रलाई भ्रष्टाचार मुद्दामा सफाइ, ६ जनालाई चार महिना कैद

ड्युटीकै क्रममा अनिशा धामी मृत फेला, परिवारले भन्यो– ‘सत्य बाहिर ल्याउनुपर्छ’

बिशेष